जानकारी

लसुन सेवनले हार्ट अटैक आउदैन र घुडा दुख्ने पनि निको छुन्छ

. लसुनले उच्च सल्फर सामग्री एंटीबायोटिक गुण दिन्छ  ।
. लसुनले शरीरबाट विषाक्त पदार्थहरुलाई बाहिर निकाल्छ ।
. लसुनमा सामान्य सर्दी जुकाम विरुद्ध लडने क्षमता हुन्छ  ।

लसुन स्वास्थ्य लाभका लागि एकदम फायदा जनक हुन्छ । लसुन र प्याज परिवारको एक हिस्सा हो जसलाई जडी बूटीको कन्दमा गणना हुन्छ । यसमा खास गरेर १०–२० साना साना खण्ड हुन्छन् जसलाई लौंग’ भनिन्छ । प्रत्येक सानसाना लौंग स्वादका साथ–साथै औषधीय गुणहरुबाट भरिएका हुन्छन् । प्रत्येक १०० ग्राम लसुनमा लगभग १५० कैलोरी, ३३ ग्राम काब्र्स, ६.३६ ग्राम प्रोटीन पाईन्छ । लसुन विटामिन बी १, बी २, बी ३, बी ६, फोलेट, विटामिन सी, कैल्शियम, लोहा, मैग्नीशियम, मैंगनीज, फास्फोरस, पोटेशियम, सोडियम र जस्ताले समृद्ध हुन्छ ।

विशेषज्ञहरुका अनुसार लसुनले उच्च सल्फर समाग्री एन्टीबायोटिक गुण दिने गर्छ जो विषाक्त पर्दाथहरुलाई बाहिर निकालेर पाचन तन्त्रलाई सफा राख्न मदत गर्छ । लसुन सामान्य सर्दी जुकामका विरुद्ध पनि लड्छ र धमनिहरुमा हुने रूकावटलाई साफ गरेर हृदयरोगलाई रोक्छ । लसुन त्वचामा निखार ल्याउछ किनकी यसमा पाचनलाई सुधारनमा सक्षमता हुन्छ ।

सर्दीमा लसुनको फायदा : सर्दीबाट सुरक्षा
लसुनको तासीर गर्म हुने कारण यो चीसोलाई दूर गर्ने एक घरेलु कुदरती उपाय हो । धेरै शोध कर्ताहरुले यो कुरा साबित पनि गरिसकेका छन् कि चीसोका दिनहरुमा लसुनको सेवनले सर्दी लाग्दैन । सर्दिको मौसममा गाजर, अदुवा र लसुनको जूस बनाएर पीउनुले शरीरलाई एन्टीबायोटिक्स प्राप्त हुन्छ र जाडो कम लाग्छ । सर्दी–जुकाममा लसुन रामबाण हो । लसुनलाई दूधमा उमालेर पिलाउनाले बच्चाहरुमा रोग प्रतिरोधक क्षमता बढ्छ ।

दिललाई दुरूस्त राख्छ
उच्च रक्तचापलाई दूर गर्नको लागि पनि लसुन धेरै फायदेमन्द हुन्छ । लसुनमा मौजूद एलिसिन नामक तत्व उच्च रक्तचापलाई सामान्य गर्नुमा मदत गर्छ । उच्च रक्तचापका मरीज यदि नियमित रूपमा लसुनको सेवन गर्छन भने यस्ता मरीजको रक्चाप नार्मल रहन्छ । ‘जर्नल आफ न्यूट्रीशन’ का अनुसार प्रत्येक दिन लसुनको सेवन गर्नाले कोलेस्ट्रालमा १० फीसदीको कमी आउछ र हृदयरोगको संभावना कम हुन्छ ।

गर्भावस्थाका लागि पनि बेस्ट हो लसुन
गर्भावस्थाका दौरान लसुनको नियमित सेवनले आमा र शिशु दुबैका स्वास्थ्यका लागि धेरै फायदेमन्द हुन्छ । लसुन गर्भमा शिशुको वजनलाई बढाउनमा सहायक हुन्छ । त्यसैले र्भवती महिलाहरुले लसुनको सेवन नियमित रुपमा गर्नुपर्छ । यदि कुनै गर्भवती महिलालाई उच्च रक्तचापको शिकायत छ भने ती महीलाले गर्भावस्थाका दौरान कुनै न कुनै रुपमा लसुनको सेवन गरिरहनु पर्छ । लसुनको सेवनले रक्तचापलाई नियन्त्रित राख्दै शिशुलाई नुकसानबाट बचाउने कायका साथै शिशुको वजन बढाउछ र समय भन्दा पूर्व प्रसव हुने खतरा पनि रहदैन ।

कपालका लागि पनि लसुन पोषण हो
कपालको जुनसुकै समस्या चाहे त्यो रूसीको हो या जूम्रा या कपाल झर्ने समस्या हो सबैका लागि लसुनको जूस वरदान सरह काम गर्छ । लसुनमा एलीसिन नामको सल्फर कम्पाउन्ड हुन्छ जो कपाल झर्ने समस्यालाई खतम गर्छ । त्यस्तै अन्य कैंयन समस्याहरुको पनि इलाज मानिन्छ लसुनलाई । लसुनलाई कपाल कम भएको ठाँउमा दिनमा दुई पटकसम्म लगाएर सुक्नेसम्म राख्नुले नया कपाल आउनुका साथसाथै रुसी र जूम्राको समस्याबाट समेत छुटकारा पाउन सकिन्छ ।

अन्य लाभहरु
. फ्लू अर्थात इन्फलुएन्जा भएका बेला बिहान उठेर तातो पानीसँग लसुन र प्याजको रस पीउनाले फ्लूबाट निको हुन्छ ।
. लहसुन पुरै एन्टीबायोटिक हो त्यसैले फोका भएको छ भने लसुनलाई पीसेर त्यसको पट्टी फोकामा बाँध्ने हो भने फोका ठीक भएर हराउन जान्छ ।
. टीबी र खाँसी जस्ता बीमारिलाई दूर गर्नामा लसुन लाभकारी सिद्ध हुन्छ भने लसुनको रसका थोपाहरु कपासमा भिजाएर सूंघनेहो भने सर्दी ठीक भएर जान्छ ।-माई हेल्थबाट अनुवादीत/-डेस्क