Home » Sample Page » अब पुरुषका लागि पनि आयो गर्भनिरोधक इंजेक्शन, एक पटक प्रयोग पछि १३ वर्ष सम्म टेंशन फ्री
जानकारी

अब पुरुषका लागि पनि आयो गर्भनिरोधक इंजेक्शन, एक पटक प्रयोग पछि १३ वर्ष सम्म टेंशन फ्री

भारतीय वैज्ञानिहरुले पुरुषका लागि पनि एक गर्भनिरोधक इंजेक्शन तैयार गरेको छ । यसको विशेषता यसे इंजेक्शनको प्रयोगले पछि लगभग १३ र्वासम्म यसले कार्य गर्न सक्छ । वैज्ञानिहरुका अनुसार मेल कान्स्ट्रासेप्टिव इंजेक्शन डिवलेप गरेको छ जसको असर पुरुषमा १३ र्वासम्म रहनेछ । इंडियन काउंसिल आफ मेडिकल रिसर्चद्वारा यस सम्बन्धमा रिपोर्ट स्वास्थ्य मंत्रालयमा बुझाई सकेको छ । स्वास्थ्य मंत्रालयबाट पुरुषका लागि सोध गरेको गर्भनिरोधक इंजेक्शनलाई प्रयोगका लागि चाडै अनुमति दिइनेछ आशा गरिएको छ ।

अब पुरुषको नसबंदी गर्नु पर्ने आवश्यकता पर्दैन । अब एक इंजेक्शन पुरुषका लागि कान्ट्रासेप्टिव (गर्भ्निरोधक) को काम गर्ने छ । भारतीय वैज्ञानिकहरुले मेल कान्ट्रासेप्टिव अर्थात गर्भनिरोधक इंजेक्शन विकसित गरेको छ । यसको क्लिनिकल ट्रायल पनि पूरा भई सकेको छ । इंडियन काउंसिल आफ मेडिकल रिसर्च ICMR को अगुवाईमा यसको ट्रायल पूरा गरेपछि रिपोर्ट स्वास्थ्य मन्त्रालयलाई बुझाएको छ । चाडै स्वास्थ्य मन्त्रालयबाट यो इंजेक्शनको प्रयोगलाई अनुमति दिइने छ ।
रिवर्सिबल इनबिशन आफ स्पर्म अंडर गाइडेंस (RISUG) हो, जो एक प्रकारको गर्भनिरोधक इंजेक्शन हो । आजसम्म पुरुषहरुमा गर्भनिरोधकका लागि सर्जरी गर्ने गरिन्थ्यो अब सर्जरी को आवश्यता हुदैन । अबदेखि एक इंजेक्शन पुरुषका लागि गर्भनिरोधकको काम गर्ने छ । यो गर्भनिरोधक इंजेक्शनको सफलता ९५ प्रतिशत भन्दा पनि बडी रहेको ICMR का साइंटिस्ट डाक्टर आर एस शर्माको भनाइछ । डाक्टर शर्माका अनुसार एक पटक यो इंजेक्शनको प्रयोगले १३ वर्षसम्म त काम गर्छ नै यो विषयमा त कन्फर्म कुरा हो तर १३ वर्ष भन्दा माथी पनि काम गर्न सक्छ ।

यसरी गर्छ इन्जेक्शनले काम
डाक्टर शर्माको भनाई अनुसार आईआईटी खड़गपुरका वैज्ञानिक डाक्टर एस के गुहाले यो इन्जेक्शनमा प्रयोग हुने ड्रग्सको खोज गरेका थिए । यो एक प्रकारको सिन्थेटिक पालिमर हो । सर्जरीमा जुन दुई नसाहरु काटेर यसको इलाज गरिन्छ यो प्रोसीजरमा उनै दुई नसाहरुमा यो इन्जेक्शन दिइन्छ जसमा स्पर्म ट्रैवल गर्ने गर्छ । त्यस्तै यो प्रोसीजरमा दुबै नसाहरुमा एक एक इन्जेक्शन दिइन्छ जसमा ६० एमएलको एक डोज हुन्छ ।
इंजेक्शनपछि निगेटिव चार्ज हुनलाग्छ र स्पर्म टूट्छ जसलेगर्दा फर्टिलाइजेशन अर्थात गर्भ रोकिदैन । प्रथम मुसा त्यसपछि खरगोश का साथै अन्य जनवारहरुमा यसको सफल ट्रायल पूरा भइसकेपछि मात्र पुरुषहरुमा यसको क्लिनिकल ट्रायल गरिएको थियो । ३०३ पुरुषमा क्लिनिकल ट्रायल फेज वन र फेज टू पूरा भई सकेकोछ । यसकोे टाक्सिसिटीमा विशेष ध्यान राखीएका छ । जसमा जीनोटाक्सिसिटी र नेफ्रोटाक्सिसिटीहरु क्लियर रहेको पाईएछन् । ९७.३ प्रतिशतसम्म दवा ऐक्टिव पाइएको थियो र ९९.२ प्रतिशतसम्म प्रेग्नेंसी रोक्नमा सफल साबित भएको डा शर्मा बताउनुहून्छ । डाक्टर शर्मा बन्नु हुन्छ हामीले यो रिपोर्ट स्वास्थ्य मंत्रालय र ड्रग्स कन्ट्रोलर आफ इंडियालाई बुझाई सकेका छौ साथै यस कार्यमा हामी एक स्टेप अझै अगाडि काम गर्ने तैयारी गरिरहेका पनि छौ । यसमा यो पनि प्रयास भई रहेको छ कि यदि कुनै पुरुषले यो इन्जेक्शन प्रयोग गरिसकेपछि फेरी आफ्ना स्पर्मलाई ऐक्टिव बनाउनु परेमा स्पर्म ऐक्टिव हुन सक्छन की सक्तैन भन्ने विषयमा शोध कार्य शूरुगरेको छ । -नवभारत टाइम्सबाट अनुवादित