Home » Sample Page » भरतका विभिन्न राज्यमा ट्रेड यूनियनका २० करोड़ कर्मचारीहरु हड़तालमा, बैंकदेखि सड़कसम्म सब बन्द सर्व साधारण मार्कामा
Uncategorized

भरतका विभिन्न राज्यमा ट्रेड यूनियनका २० करोड़ कर्मचारीहरु हड़तालमा, बैंकदेखि सड़कसम्म सब बन्द सर्व साधारण मार्कामा

भरत, नई दिल्ली । मुंबईमा बृहन्मुंबई विद्युत आपूर्ति एवं यातायात (बेस्ट) के ३३,००० भन्दा पनि अधिक कर्मीहरु आफ्ना मागहरुलाई लिएर मध्यराति देखि हड़ताल गरेका छन् । सार्वजनिक बेस्ट बसका कर्मचारीहरुले हडताल गरेका कारण दैनिक यात्रा गर्ने कमसेकम २५ लाख मानिसहरु प्रभावित भएका छन् । केंद्रीय ट्रेड यूनियहरुको दुई दिने हड़ताल आज देखि शूरु भएको छ । आज पहीलो दिनको हडतालको हरियाणा राज्यमा भने यसको कुनै असर देखीएको छैन । रोडवेजका सबै बसहरु सामान्य दिनहरुको जस्तै गुडिरडेका भारतीय समाचार माध्यमले छापेका छ ।

बन्दको दौरान पश्चिम बंगालमा टीएमसी र सीपीएम कार्यकर्ताहरु बीच आसनसोलमा झड़प भएकोछ । ओडिशाको भुवनेश्वरमा व्यापार संघद्वारा बोलाएको विरोध सभा राष्ट्रीय राजमार्ग–१६ मा भारी विरोध र प्रदर्शनका कारण यातायातको आवत जावत प्रभावित भएको समाचारहरुमा जानाईएको छ । दिल्लीमा आल इंडिया सेंट्रल काउन्सिल आफ ट्रेड यूनियनका सदस्यहरुले पटपड़गंज औद्योगिक क्षेत्रमा सार्वजनिक र सरकारी क्षेत्रकमा निजीकरणलाई लिएर विरोध प्रदर्शन गरेका छन् ।
उता कर्नाटकमा पनि बन्दको असर परेको छ भने पश्चिम बंगालमा सेंट्रल ट्रेड यूनियनले भद्रक, खड़गपुर रेलवे सेक्शन रूपसा, जलेश्वर र दातनमा र हल्दिया रेलवे सेक्शन रघुनाथबाड़ीमा विरोध प्रदर्शन गरेको छ । पश्चिम बंगालको कोलकातामा पुलिसले सीपीएमका कार्यकर्ताहरुलाई हिरासतमा लिएको छ । भने बंगालको कोलकातामा सबैले ४८  घण्टाका लागि भनेको हड़तालको समर्थन गरेकोछ ।

त्यस्तै ओडिशामा व्यापार संघका सदस्यहरुले विरोध प्रदर्शन गरेको छ भने भुवनेश्वरमा सर्व साधारण जनताको बाटो समेत रोक्ने कार्य भएको छ । पश्चिम बंगालमा व्यापार संघका सदस्यहरुले हावड़ा रेलवे लाइन ब्लाक गरके थियो । सबै न्यूनतम मजदूरी र सामाजिक सुरक्षा योजनाहरु सहित अन्य मागहरुको समेत माग गरिरहेका छन् । यसका लागि ४८ घण्टा भारत बन्दको आह्वन गरेको छ ।

असमको गुवाहाटीमा न्यूनतम मजदूरी र सामाजिक सुरक्षा योजनाहरु सहित अन्य मागहरुको पनि माग गर्दै व्यापार संघका कार्यकर्ताहरुले ट्रेन चल्नमा रोकेका छन् । केंद्रीय व्यापार संघ (सीटीयू) ले मंगलवारबाट केंद्रको भाजपा सरकारको जनविरोधी, मजदूर विरोधी र राष्ट्र विरोधी नीतिहरुको खिलाफ दुई दिने हड़ताल शुरू गरेका छन् । धेरै जसा सरकारी संगठहरु जस्तै आईएनटीयूसी, एआईटीयूसी, एचएमएस, सीआईटीयू, एआईयूटीयूसी, टीयूसीसी, सेवा, एआईसीसीटीयू, एलपीएफ र यूटीयूसीका अलावा अखिल भारतीय किसान सभा, आदिवासी सरकार राष्ट्रीय मंच, भूमी आदर्श आंदोलनले ४८  घण्टाका लागि भारत बन्दलाई समर्थन दिएको छ । आरएसएस समर्थित भारतीय मजदूर संघ भने यो हड़तालमा सहभागी छैन । हड़तालका कारण नई दिल्ली, मुंबई, बंगलूरू, कोलकाता, चेन्नई, पुणे, अहमदाबाद, हैदराबाद सहित अन्य टायर–२ शहरहरु र राज्यहरुमा जनजीवनमा यसको प्रत्यक्षरुपमा असर पडेको छ । धेरै जसो विश्वविद्यालहरुले पनि हडतालमा आ–आफ्नो समर्थन दिएका समाचार माध्यममा उल्लेख छ । बैंकहरु विलयको विरोधमा आठ र नौ जनवरीमा प्रदेशका हजारों बैंक कर्मचारी हड़ताल गर्ने, कैंयन बैंकहरुका यूनियहरु हड़तालको समर्थनमा रहेका छन् । त्यसैले मंगलवार र बुधवारका दिन बैंकहरु बन्द हुने सम्भावना रहेको छ । कर्मचारीहरुको हडतालका कारण बैंकहरुको कामकाज निकै प्रभावित हुने सम्भावना रहेको समाचारमा जनाएको छ । –अमर उजालाबाट साभार र सम्पादित