विविध

गुडविभको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । वि. सं. २०५२ सालमा नेपाल रगमार्क फाउन्डेसनको नाममा स्थापित यस नेपाल गुडविभ फाउन्डेसनको वार्षिक साधारण सभा सम्मन्न भएको छ । उक्त सभा नेपाल गुडविभ फाउण्डेशनका अध्यक्ष सपूत बहादुर कार्कीको अध्यक्षतामा संचालन भएको थियो भने सभामा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिना र विशेष अतिथि समाज कल्यान परिषद्का उपाध्यक्ष निलमणी बराल लगायत अन्य विषिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । नेपाल गुडविभ फाउण्डेशनका महासचिव बिक्रम ठकुरीले स्वागत मन्तव्य राख्दै संस्थाको बारेमा संक्षिप्त परिचय र उपस्थित पाउनाहरुलाई स्वागत गर्नु भएको भियो । साधारण सभाको औपचारिक उद्घाटन प्रमुख अथितिले पानसमा बत्तिबालेर गर्नु भएको थियो । साधारण सभामा संस्थाका कार्यकारी निर्देशक सुषमा पोखरेलले संस्थाका गतिविधि र हाल सम्मको उपलब्धि सहितको प्रस्तुति मार्फत जानकारी गराउनु भएको थियो ।

गुडविभ लोगो अंकित गलंैचा निर्यातकर्ता तर्फ प्रथम, द्धितिय र त्रितिय हुने लाईसेन्सिहरु क्रमश; द साङग्रिला कार्पेट एण्ड हेण्डिक्राफ्ट प्रा.लि., पाराडाईस कार्पेट ईण्डष्ट्रिज प्रा.लि. र फरमेशन कार्पेटस् प्रा. लि. लाई प्रदान गरिएको थियो । त्यस्तै गलंैचा आयातकर्ता तर्फ द रग कम्पनिलाई प्रदान गरिएको थियो ।

मन्तव्यको क्रममा संस्थाद्धारा उद्धार गरि छात्रवृत्ति पाईरहेकी छात्रा निर्मला माझीले आफ्नो विगतको अनुभव र संस्थाले प्रदान गरेको सहयोगका साथै संस्थाको लगानी अनुसार प्रगतिको बाटोमा लम्कने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै संस्थालाई शुभकामना मन्तव्य दिने क्रममा संस्थाका संस्थापक अध्यक्ष जफर अहमदले संस्थाको स्थापनाकालको पृष्टभुमि बारे प्रकास पार्नु भएको थियो । मन्तव्यकै क्रममा महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको तर्फबाट पवित्रा ढकालले संस्थालाई शुभकामना व्यक्त गर्नु भएको थियो । त्यस्तै केन्द्रिय बाल कल्याण समितिका तर्फवाट श्री राम बहादुर चन्दले संस्थाले गर्दै आएका कार्यक्रमको प्रशंसा गर्दैै अझै प्रगतिको कामना गर्नु भएको थियो ।

शुभकामना मन्तव्यकै क्रममा समाज कल्याण परिसद्का उपाध्यक्ष निलमणि बरालले नेपालमा रहेका गैर सरकारी संस्थाहरुको वर्तमान अवस्था र उनीहरुका कार्यहरुवारेमा संक्षिप्त रुपमा प्रकास पार्नु भएको थियो । सम्वोधनकै क्रममा उहाँले नेपाल गुडविभ फाउण्डेशनले बालवालिकाको क्षेत्रमा गरेका कार्यहरुको प्रशंसा गर्नु भएको थियो । उक्त सभालाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले सम्बोधन गर्ने क्रममा नेपालमा गैर सरकारी संस्थाहरुको अवस्था, महत्व र योगदानको बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले राज्यले राम्रो काम गर्ने संस्थाहरुलाई सहयोग र प्रोत्साहन गर्नुपर्ने कुरा राख्नु भएको थियो । मन्तव्यकै क्रममा वहाँले संस्थालाई प्रगति र सफलताको शुभकामना पनि दिनु भएको थियो ।