विविध

श्रमजीवी पत्रकारको पक्षमा महासंघ आन्दोलित

काठमाडौं । नेपाल पत्रकार महासंघले कात्तिक १ गतेदेखि लागु भएको नयां न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन तथा नियमावलीमा उल्लेखित सेवासुविधा उपलब्ध गराउन माग गर्दै देशभरका संचार गृहहरुलाई ध्यानाकर्षण गराउने अभियानको थालनी गरेको छ ।
त्यस क्रममा माग ७ गते नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टलाई भेटी ध्यानाकर्षण पत्र बुझाइयो । महासंघका अध्यक्ष गोविन्दआचार्य, महासचिव रमेश विष्ट समेतको उपस्थितिमा महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक तथा महासंघका सचिव रामप्रसाद दाहालले विष्टलाई ध्यानाकर्षण पत्र बुझाउनुभयो ।
त्यस अवसरमा महासंघका अध्यक्ष आचार्यले देशको सबै भन्दा ठुलो प्रशारण संस्था र सरकारी सञ्चार गृह हुनुको नाताले नेपाल टेलिभिजनले उदाहरणका रुपमा ऐन तथा नियमावली कार्यान्वयन गरेर देखाउनु पर्ने बताए । केही दिनमा हुने अनुगमनबाट सन्तुष्ट हुन नसकिए त्यस्ता मिडियामा महासंघ केन्द्रित हने उनले बताउनुभयो ।
महासचिव विष्टले सरकारी सञ्चार माध्यमले ऐन तथा नियमावलीले तोकेका सेवा सुविधा उपलब्ध गराए निजी सञ्चार गृहलाई पनि दबाब पर्ने बताउनुभयो । सचिव दाहालले न्यूनतम पारिश्रमिकलगायत ऐन तथा नियममा उल्लेखित सेवा सुविधा नदिने संचार गृहमा कठोर ढंगले प्रस्तूत हुने बताउदै दाहाले एक हप्तासम्म देशभरका सबै सञ्चार प्रतिष्ठानलाई एकै व्यहोराको ज्ञापन पत्र बुझाइने छ, यो श्रमजीवी पत्रकारको पक्षमा आन्दोलनको आरम्भ हो भन्नुभयोे ।
ज्ञापन पत्र बुझदै नेपाल टेलिभिजन काकार्यकारी अध्यक्ष महेन्द्र विष्टले सरकारले तोकेको न्युनतम पारिश्रमिकलगायतका सेवा सुविधा उपलब्ध गराइसकेको जानकारी गराउनुभयो । ध्यानाकर्षण पत्र बुझाउन महासंघ केन्द्रकातर्फबाट जन्मदेव जैसी, यम विरही, टेकराज थामी, लेखनाथ न्यौपाने, लेखा समिति सदस्य भुपेन्द्रं आचार्यको समेत उपस्थित रहेको थियो ।