विविध

शिक्षा क्षेत्रको बिकासमा काम गर्न कोरियाको नेमसोल बिश्वविद्यालय र नेपाल पत्रकार मञ्चबीच सम्झौता

काठमाडौं । सामाजिक कल्याणमा मास्टर्स र पिएचडि गर्न चाहने नेपाली बिद्यार्थीलाई दक्षिण कोरियाको नेमसोल बिश्वबिद्यालयले छात्रवृत्ति दिने भएको छ । यसका लागि बिश्वविद्यालय र नेपाल पत्रकार मञ्चबीच बुधबार काठमाडौंमा सम्झौता सम्पन्न भयो । सम्झौताबमोजिम नेपाली जेहेन्दार बिद्यार्थीलाई मास्टर्स वा पिएचडि डिग्री हासील गर्न पत्रकार मञ्चले शिफारिस गर्नेछ । मञ्चले गरेको शिफारिसका आधारमा बिश्वबिद्यालयले छात्रबृत्ति उपलब्ध गराउने छ । बिश्वविद्यालयकातर्फबाट अध्यक्ष डा. यून सियोङ् योङ् र मञ्चकोतर्फबाट अध्यक्ष युवराज भण्डारीले हस्ताक्षर गर्नुभएको सम्झौतामा पत्रमा पत्रकारहरुको क्षमता बिकास र बृत्ति बिकासका कार्यक्रममा विश्वविद्यालयले सहयोग गर्नेछ ।

आपसी सहयोगमा कला, संस्कार तथा संस्कृतिको आदान प्रदान हुने, नेपालका बिश्वविद्यालयसँग समन्वय गरेर नेमसोल बिश्वबिद्यालयले सामाजिक कल्याण बिषयमा अध्ययन अध्यापन गराउने, पत्रकारहरुलाई अन्तरराष्ट्रिय रिपोटिङ्मा अभ्यस्त गराउन भ्रमण अबलोकनमा सहभागी गराउने लगायतका बुँदा उल्लेख छन् ।

हस्ताक्षरपछि बोल्दै बिश्वबिद्यालयकी प्राध्यापक युन सिल किमले — नेपालका विभिन्न समुदायमा गएर सामाजिक मनोबिज्ञानका क्षेत्रमा अनुसन्धान गर्ने इच्छा ब्यक्त गर्दै यस प्रकारको काममा पत्रकार मञ्चको अगुवाई हुने कुरामा आफू बिश्वस्त रहेको बताउनुभयो । हामी नेपालका व्युटी एण्ड हेल्थ, स्पोर्टस एण्ड हेल्थ, चाइल्ड सोसल वेलफेयर जस्ता बिषयमा अध्यापन गराउन चाहन्छौं । यसका लागि हामीले नेपालका शिक्षा मन्त्रीसँग पनि भेट गरी सकेका छौं । कार्यक्रमका बारेमा उहाँले भन्नुभयो — नेमसोलमा अहिले पनि ७ जना बिद्यार्थी अध्ययन गरिरहेका छन् । हामी जेहेन्दार बिद्यार्थीलाई बार्षिक रुपमा छात्रवृत्ति दिनेछौं । कार्यक्रममा धारणा राख्ने नेपाली मुलकी प्राध्यापक सृजना थापाले — पत्रकारहरुलाई शैक्षिक र व्यवसायिक सीपबाट स्तरीय पत्रकारिताका लागि सहयोग हुने बताउनुभयो । अनुसन्धान र बिकासका क्षेत्रमा मिलेर काम गरौं । यसले आपसी सम्बन्धलाई चीर बनाउँछ, उहाँको सुझाव थियो ।

कार्यक्रममा मञ्चका अध्यक्ष युवराज बिद्रोहीले — सम्झौता हुनु अघि नै मञ्चले शिफारिस गरेको १ जना बिद्यार्थीलाई बिश्वबिद्यालयले छात्रवृत्ति दिएकोमा प्रशंशा गर्दै आउँदा दिनमा पढ्न चाहना हुने तर आर्थिक अभावले अन्तरराष्ट्रिय बिश्वबिद्यालयको कल्पना पनि गर्न नसकेका बिद्यार्थीलाई शुन्य लगानीमा कोरियामा पढ्न शिफारिस गरिने जानकारी दिनुभयो । पत्रकारको क्षमता बिकास र सीप बिकास हाम्रा स्थापना कालदेखिकै प्राथमिक कार्यक्रम हुन् — कार्यक्रममा मञ्चका महासचिव बिमलकुमार थापाको जोड थियो ।

मच्त्रको अन्तरराष्ट्रिय सम्बन्ध व्युरोका प्रमुख चन्द्रमणि भट्टराईका अनुसार अन्तरदेशीय सम्बन्धबाट नेपाली पत्रकारिताको स्थान उच्च बनाउन मञ्चले आपसी सहयोगका कार्यक्रम अघि बढाएको छ । यसका लागि अमेरिकामा शाखा गठन भइसकेको छ भने क्यानडा, पोर्चुगल र इङ्ल्याण्डमा आगामी ३ महिनाभित्र शाखा गठन हुनेछ । भट्टराईका अनुसार मञ्चको सदस्यहरु बिदेश गएर पत्रकारितामा नै सक्रिय हुनेको संख्या ७ वा त्योभन्दा माथि छ भने त्यस्ता देशमा शाखा गठन हुनेछन् ।