विविध

वरिष्ठ पत्रकार गौतमको निधन

काठमाडौँ । वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको निधन भएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत रहनुभएका ६९ वर्र्षीय गौतमको गए राति निधन भएको छ। शनिबार दिउँसो मुटुमा समस्या आएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । रहस्य साप्ताहिकका सम्पादक रहनुभएका गौतम लामो समयदेखि मुटुरोगबाट पीडित रहनुभएको थियो । रहस्य साप्ताहिक विगत ४६ वर्षदेखि काठमाडौँबाट निरन्तर प्रकाशित हुँदै आइरहेको छ ।

गौतमको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरलाई छोरा रोशन गौतमले दागबत्ती दिनुभएको थियो । काठमाडौँ शाखाबाट उहाँ महासङ्घको केन्द्रीय पार्षद रहनुभएको थियो । लाजिम्पाटमा बस्दै आउनुभएका उहाँका एक छोरा र श्रीमती हुनुहुन्छ । यसै वर्ष उहाँ प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत हुनुभएको थियो ।