Uncategorized विविध

सडक सुरक्षाको नारासहित चौथो नेपाल लायन्स फेस्टिभल सम्पन्न

भक्तपुर । गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताउनुभएको छ । चौथो नेपाल लायन्स महोत्सव(फेस्टिबल) भक्तपुरको उद्घाटन गर्दै उहाँले राजनीतिक परिवर्तनपछि समृृद्धि र विकासका लागि सामाजिक जागरण आवश्यक रहेको बताउनुभएको हो । लायन्स क्लबले सामाजिक कार्यमार्फत युवालाई देशको समृद्धि, व्यक्तित्व विकास र सामाजिक कार्यमा संलग्न गर्दै आएको आफूले पाएको बताउँदै उहाँले युवाका माध्यमबाट नै शान्ति र समृद्धि सम्भव भएको उल्लेख गर्नुभयो । आन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने लक्ष्यका साथ शुरु भएको महोत्सवमा देशभरका हजारांै लायन्स सदस्य र गैरलायन्सका व्यक्तिको सहभागिता रहेको संयोजक नवीन प्रजापतिले जानकारी दिनुभयो । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ ए–२ को आयोजनामा भक्तपुरको आर्मी ग्राउण्डमा लायन्स फेस्टेभल चौथोको उद्घटन गृहमन्त्री रामबहादुर थापाले गर्नु भएको थियो ।

लायन्स क्लब ईन्टरनेशनलका नेपालमा ए–१, ए–२, बी(१ र बी–२ गरि चार डिस्ट्रिकहरु रहेका छन् । नेपालमा चारै डिस्ट्रिकमा ३१ हजार भन्दा पनि बढी लायन्स सदस्यहरु रहेका छन् । विगत चार वर्षदेखि चारैवटा डिस्ट्रिककलाई एकै ठाउमा ल्याएर लायन्स परिवारको एक आपसमा परिचय भेटघाट भईरहोस भन्ने उद्देश्यले प्रत्यक वर्ष पालैपालो गरेर लायन्स फेस्टेभलको आयोजना शरुगरेको हो । पहिलो लाईन्स फेस्टिभलको आयोजना चितवनको सौराहामा दोस्रो विराट नगरमा र तेस्रो पोखरामा सम्पन्न भएको थियो । त्यसैको निरन्तरतामा लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ ए–२ ले यो चौथो लायन्स फेस्टिभलको भक्तपुरको आर्मी ग्राउण्डमा आयोजना गरेको हो ।

कार्यक्रको सभापतित्व मल्टिपलका चियर पर्सन लायन डिआर खनालले गर्नु भएको थियो । लायन्स फेस्टिभल समारोहमा नेमकिपाका अध्यक्ष नारायणमान बिछुक्जे, सभासद प्रेम सुवाल, पास्ट ईन्टरनेशनर डाईरेक्टर लायन संजय खेतान, ए–१, ए–२, बी–१ र बी–२ का डिस्ट्रिक गर्भनरहरु, जिएमटी एरिया लिडर लायन खगेन्द्र सिटौला, एलसिआईएफ एरिया लिडर लायन बाकृष्ण बुर्लाकोटी, सेकेन्ड भीडिजी लायन डा. शुशिला मल्ल लगायतका अग्रज लायन्सहरुको मञ्चमा गरिमामयि उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोष लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक३२५ ए–२ का गर्भनर लायन शुदर्शनधर प्रधानाङ्गले गर्नु भएको थियो ।

महोत्सवमा भक्तपुरको पहिचान बोकेका कला, संस्कृति, परम्परागत नृत्य तथा पहिरन प्रस्तुत गरिएको थियोभने काठमाडौँ रङ्गशालाबाट सडक सुरक्षाको नारासहित कार ¥यालीको समेत आयोजना गरिएको थियो । लायन्सहरले भक्तपुरको नगरपरिक्रमा पनि गरेका थिए । नगरपरिक्रमापछि आर्मी ग्राउण्डमा लगभग दुईहजारको उपस्थितिमा महोत्सवमा भक्तपुरको सांस्कृतिक झाँकी, नृत्य, माटोको भाँडा बनाउने, परम्परागत कपडा बुन्ने, नेवारीलगायत परम्परागत खानाको स्टल, जुजु धाँै, चर्चितगायक गायिकाको प्रस्तुति, विभिन्न खेललगायतका करीब ६० वटा स्टल रहेको छ ।

यहाँ प्रतियोगितात्मक एवं मनोरञ्जनात्मक खेल आयोजना गरिएको थियो । कार्यक्रममा लक्किडूा प्रकृयाबाट पाँच जनालाई फ्रि स्वास्थ्य परिक्षा, एक जनालाई रु पच्चीसहजर बराबरको शुट पिस लगायत विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो भने लक्किडडिस्ट्रिका प्रकृयाबाटै लायन्स क्लब अफ काठमाडौ फिलोसिपका लायन अनन्त श्रेष्ठले नेपाल देखि युरोपका लागि टु वे फ्रि एअर टिकट प्राप्त गर्नु भएको थियो थियो भने सडक सुरक्षाको नारासहित कार ¥यालीमा सहभागि जोन चियरपर्सन लायन भरत परसाईले बेस्ट परफोरेन्सका लागि प्राईज पाउन सफल हुनुभएको थियो । त्यस्तै स्पोर्टस गेम फुटबलतर्फ डिस्ट्रिक ३२५ ए–२ बाट ट्रेजरार विधान जोशिको नेतृत्वको टिमले विजय सिल्ड हाथपार्न सफल भएको थियो भने डिस्ट्रिक बी–२ दोस्रोमा र डिस्ट्रिक ए–१ तेस्रो पोजिशन भएको थियो । 

चौथो लायन्स फेस्टिभलका लागि अनुमानित खर्च २५ लाख रहेको र विभिन्न लायन्स क्लबहरुको सहयोगबाट र टिकटबाट गरेर जम्मा रकम १२ लाख मात्र उठेको बताउनु हुन्छ लायन उक्तमकुमार झा । आजको यो चौथो लायन्स फेस्टिभलमा लगभग तीनहजर भन्दापनि बढी लायन्सहरुको उपस्थिति हुने अनुमान हामीहरुको थियो तर अनुमान गरिएको भन्दा उपस्थिति न्यून भएको भए पनि हामी सफल र सन्तुष्ट भएको लायन झाले बताउनु भयो । लायन झा चौथो नेपाल लायन्स फेस्टिभलका व्यवस्थापक सदस्य हुनुहुन्छ ।-योगेन्द्र प्रताप शाही