दक्षिण कोरिया । दक्षिण कोरियाको छुनछ्न नाम्दो छनान सि सङ्ह्वान स्थित नामसौल विश्वविद्यालयमा एक भव्य कार्यक्रमका बिच नेपाल पत्रकार मञ्च दक्षिण कोरिया जनसम्पर्क शाखा गठन भएको छ । नामसौल विश्वविद्यालयको सभाहलमा मञ्चका केन्द्रिय सल्लाहकार एवं नामसौल विश्वविद्यालयका प्राध्यापक तथा नेपाल विभाग प्रमुख डा. सृजना थापाको सभापतित्वमा बसेको बैठकले सो गठन गरेको हो ।
बैठकले पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रुपमा काम गर्दै आउनुका साथै कोरियामा डाक्टर डिग्री अध्ययनरत सन्तोष खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । नव गठित कार्यसमितीको उपाध्यक्षमा राजकुमार तामाङ, महासचिवमा सत्य प्रकाश यादव, सचिवमा बेदनाथ आचार्य, कोषाध्यक्षमा प्रमिला बुढाथोकी र सदस्यहरुमा क्रमशः सुमन कार्की, शुभराज कडरिया, कान्ति खतिवडा, नवराज पाण्डे, शान्तिकला राइ, गंगा प्रजापति, तुलसी तिमिल्सिन र शिवकुमार कार्की रहेका छन् । कोरियामा नेपालीले भोग्नु परेको समस्या र तिनको निकासका लागि हामी यहाँका पत्रकारहरु संग हातमा हात र काधमा काध मिलाएर अगाडी बढ्न तयार रहेको नेपाल पत्रकार मञ्च दक्षिण कोरिया जनसम्पर्कका अध्यक्ष खड्काले बताउनुभयो ।
मन्तव्यका क्रममा मञ्चका केन्द्रिय सल्लाहकार एवं नामसौल विश्वविद्यालयका प्राध्यापक तथा नेपाल विभाग प्रमुख डा. सृजना थापाले कोरियामा नेपालीको अवस्था र नेपालीले भोग्नु परेको समस्या र तिनका समाधानका लागि पत्रकारले खेल्नु पर्ने भुमिकाको बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उदघोषण नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाका महासचिव सत्य प्रकाश यादवले गरेका थिए ।
Add Comment