विविध

लायन्स क्लब ईन्टरनेशनल ३२५ ए २ द्वारा हिमालय शम्शेर जबरा सहित दश जना सम्मानित

काठमाडौं । नेपाली पार्सपोर्टमा नेपालका अरव पति र खरवपतिहरुलाई विदेश जादा विदेशि एयरपोर्टहरुमा उनीहरुलाई खानतलासी लिने र अपमानित गर्ने काम गरिन्छ । त्यसैले हामि नेपाली सबै मिलेर नेपाललाई समृद्ध बनाउनु पर्छ र नेपालीहरुलाई गरिवहरुको देशबाट मुक्त गराउन हामी सबै एक भएर लाग्नु पर्ने कुरा श्रम, रोजगार तथा सामाजिक मन्त्री गोकर्ण विष्टले राजधानीमा आयोजित सम्मान कार्यक्रममा बताउनु भयो ।

क्लवहरुमा विश्वमै ख्यातीप्राप्त लायन्स क्लव अन्तर्राष्टिय ३२५ ए–२, एमडि,३२५ ले नेपालमा ख्यातीप्राप्त विभिन्न क्षेत्रमा रहेर नेपाल र नेपालीका लागि अतुलनिय योगदान गरे वापत जेष्ठ नागरिक तथा युवा उद्योगिहरुलाई एक कार्यक्रम वीच सम्मान गरिएको छ । उक्त सम्मान समारोहमा शताव्दी पुरुष सत्यमोहन जोशीको समेत उपस्थिीत रहेका थियो । कार्यक्रममा समाजमा योगदान गरेका १० जना व्यत्तित्वहरुलाई दोशल्ला ओढाएर सम्मान गरेको छ ।

सम्मानित हुनेमा राजदूत तथा शिक्षाविद नारायणप्रसाद अर्याल, नेपाल राष्ट्र बैकका पहिलो गर्भनर हिमालय शम्शेर जबरा, पूर्व उपकुलपति तथा पूर्वराजदूत प्रा.डा. केदारभक्त माथेमा, पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ, सफल व्यावसायी राधाकृष्ण शर्मा, पूर्वराजदूत डा. गणेश योञ्जन, पूर्वराजदूत प्रा.डा. विष्णुहरि नेपाल, पूर्वराजदुत डा.मदनकुमार भट्टराई, एनआरएनका पूर्व अध्यक्ष डा.उपेन्द्र महतो र समाजसेवी सनोत थापा सम्मानित हुनु भएको छ ।

सम्मान समारोहमा लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५, ए २ का गर्भनर लायन्स सुर्दशनधर प्रधाङ्ग, मल्टिपल चियर पर्सन लायन्स डिआर खनाल र काठमाडौं ३ नम्बर क्षेत्रका प्रदेश सांसद नरोत्म बैद्यले संवोधन गर्नु भएको थियो । कार्यक्रमको उदघोष पीडिजी लायन मधुकर कुमार उपाध्यायले गर्नु भएको थियो भने डिस्ट्रिक ३२५, ए २ की ईन कमीङ्ग गर्भर्नर लायन्स शोभा जोशीले धन्यबाद ज्ञापन सहितको मनतव्य दिनु भएको थियो । कार्यक्रम नेपालका चीप कोर्डिनेटर लायन धनराज भडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा लायन्स क्लव अन्तर्राष्टियका पीडिजी तथा विभिन्न उच्च पदाधिकारीहरु र सेकेन्ड भीडिजी लायन डा. शुशीला मल्ल सहितको बाक्लो उपस्थितिरहेको थियो ।