विविध

एलसिआई डिष्ट्रिक ३२५ ए २ को कन्भेन्शन जेठ २८ गते राष्ट्रिय सभागृहमा हुने : नेतृत्व पंक्तिका लागि उमेदवारी प्रकृया पुरा

काठमाडौं । लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ ए २ को २०१९/०२० मा नया नेतृत्व चयनका लागि २०७६ बैशख २८ गते राष्ट्रिय सभागृहमा कन्भेन्शन (एजिएम) हुने भएको छ । नोमिनेशन चिफ लायन हरीशंकर निरौलाले लायन्स क्लब अफ ईन्टर नेशनल ३२५ ए २, एमडि ३२५ ले मैतिदेवि स्थित वैभव पार्टि प्यालेसमा आयोजना गरेको लायन्सको वृहत्त कार्यक्रममा गर्भनर, फस्ट भीडिजी र सेकेण्ड भीडिजीका लागि उमेदवरीहरुको घोषणा र उमेदवार फार्म दर्ता गराउनु भएको छ ।

लायन्स क्लब अफ ईन्टरनेशनल प्रजातान्त्रिक पद्धतिलाई अंगाल्ने विश्वको सबै भन्दा ठूलो समाज सेवा गर्ने क्लब हो तर पनि लायन्स क्लब अफ ईन्टर नेशनलका अनुसार सकेसम्म लायन्सका पदाधिकारीहरुको चयन सर्व सम्मतिले गर्ने प्रथा रहेको छ । सर्व सहमतिमा नेतृत्व चयनले लायन्सले गर्दै आएको समाजसेवा कार्य गर्न सहज हुने भएको हुनाले नेतृत्व सहमतिमा नै हुदै आएको आजसम्मको लायन्स क्लब अफ ईन्टर नेशनलको ईतिहास रहेको देखिन्छ । निवार्चन हुदैन भन्ने पनि छैन तर निर्वाचन भन्दा सर्व सहमतिमा गरेको नेतृत्व चयनले लायन्सको कार्य सहज र सरल हुने विश्वास लायन्स क्लब अफ ईन्टरनेशनलको रहेको पाईन्छ । सर्वसहमतिमा पदाधिकारीहरुको चयन भएपनि एजिएममा निर्वाचन प्रकृया अनुसार एस भोटका लागि लायन्सहरुले भोटिङ्ग भने अनिवार्य रुपमा गर्नु पर्ने हुन्छ ।

लायन्स क्लब अफ ईन्टर नेशनल ३२५ ए २ को २०१९/२०२०का लागि गर्भनरमा (हाल फस्ट भीडिजी) लायन शोभा जोशी, फस्ट भीडिजीका लागि (हाल सेकेण्ड भीडिजी) लायन डा. शुशीला मल्ल र सेकेण्ड भिडिजीका लागि लयन केशव पाण्डेले आ–आफ्नो उमेदवारी दर्ता गर्नु भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ३२५ ए २ का गर्भनर लायन सुदर्शनधर प्रधानाङ्गले शुभकामना मनतव्य दिनुभएको थियो । मल्टिपल चियर पर्सन लायन डिआर खनालले गर्भनरकी उमेदवार लायन शोभा जोशी र फस्ट भीडिजीकी उमेदवार लायन शुशीला मल्ललाई शुभकामना दिदै उहाहरुलाई एस भोट गर्न अनुरोध गर्दै सेकेण्ड भीडिजीका लागि अरुकुनै उमेदवारी नपरेको हुदा सेकेण्ड भीडिजीका उमेदवार लायन केशव पाण्डेलाई पनि एस भोट दिन अनुरोध गर्नु भएको थियो ।

मल्टिपल ए २ का टिम लिडर लायन शम्भु घिमेरले सबै उमेदवारहरुलाई सफल कार्यकाल सहितको शुभकामना दिदै सेकेण्ड भीडिजीका लागि लायन केशव पाण्डेलाई टिमको तर्फबाट उमेदवारको रुपमा परिचय गराउदै लायन केशव पाण्डेलाई एस भोट दिन लायन्सहरुलाई जेरदार अनुरोध समेत गर्नु भएको थियो । उमेदवारी दर्ता कार्यपछि उमेदवार लायन्सहरुले लायन्स क्लब अफ ईन्टरनेशनल र लायन्सको कार्य प्रति प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।-ईहेपो डेस्क