समाज सेवाको क्षेत्रमा अन्र्तराष्ट्रिय एसोशियशन अफ एलाईन्स क्लब डिष्ट्रिक्ट १०२३

समाज सेवाको क्षेत्रमा अन्र्तराष्ट्रिय एसोशियशन अफ एलाईन्स क्लब डिष्ट्रिक्ट १०२३

काठमाडौं । मानिसको चोलामा आईसकेपछि एक न एक दिन त यो मानवरुपी चोलाको अन्त्य हुन्छ नै यो प्राकृतिको नियम पनि हो । हामी बाचुञ्जेल सुख खोज्छौ । सुखको पछाडि भौतारी रहेका हुन्छौ तर हामीले खोजेको त्यो सुख प्राप्त गर्न सकेका हुदैनो । सहि सुख भनेको आत्मसन्तुष्टि हो । आत्मा नै परमात्मा हो यसको ज्ञान नहुदा हामी सुखको खोजीमा दुःख समेटी रहेका हुन्छौ । आफुसँग भएका बेला आफु भन्दा कम भाग्यवानि दिनदुःखीहरुलाई जति सकिन्छ वा जे सकिन्छ सेवा दिन सक्यौं भोकाहरुलाई खाना खुवाउन सक्यौं, लुगा लत्ता दिएर वा उपचारमा सहयोग गर्न सक्यौं भने यो भन्दा आनन्द सुख आत्मसन्तुष्टि अरु केही हुन सक्दैन ।
नेपालमा समाजसेवाको क्षेत्रमा सेवाकार्य गरिरहेका थुपै्र सस्थाहरु छन् । जुन नेपालमा मात्रै नभएर विश्व भर सञ्जालको रुपमा आ–आफ्नो तरिकाले निश्वार्थ सेवा दिने कार्य गरिरहेका हामीहरुले देखे कै छौ साथै यस्ता विभिन्न समाज सेवा दिने संस्थाहरुसँग हामी कुनै न कुनै रुपमा जोडिएका वा रुबरु भएकै हुन्छौ ।

यही बिचार र सोचका साथ अन्र्तराष्ट्रिय यसोशियशन अफ एलाईन्स क्लब डिष्ट्रिक्ट १०२३ समाज सेवाको क्षेत्रमा निस्वार्थ भावनाले सेवा दिदै आई रहेको छ । अन्र्तराष्ट्रिय यसोशियशन अफ एलाईन्स क्लब १०२३ ले २००८ देखि समाज सेवाको क्षेत्रमा प्रवेश ग¥यो र २०१३ मा यसले विधिवत अन्र्तराष्ट्रिय रुपमा स्थापित हुन सफल भएको छ । अन्र्तराष्ट्रिय एसोशियशन अफ एलाईन्स डिष्ट्रिक्ट १०२३ को इन्डक्शन तथा पदस्थापना कार्यक्रम डिष्ट्रिक्ट गर्भनर नन्दराज पोखरेलको अध्यक्षतामा बसुन्धारास्थित दियालो पार्टी प्यालेशमा सम्पन्न भएको छ ।

अन्र्तराष्ट्रिय यसोशियशन अफ एलाईन्स क्लब हालसम्म सार्क क्षेत्रका सबै राष्ट्रहरु, युरोप, क्यानेडा, अमेरीका, साउथ अफ्रिका, म्यानमार, फिलिपीन, आष्ट्रेलिया लगायत तीस देशहरुमा यस संस्थाले समाज सेवाको क्षेत्रमा कार्य गरिरहेको छ । डिष्ट्रिक्ट गर्भनर एली नन्दराज पोखरेलका अनुसार अन्र्तराष्ट्रिय यसोशियशन अफ एलाईन्स क्लब डिष्ट्रिक्ट १०२३ समाज कल्याणमा विधिवतरुपमा दर्ता भएको र काठमाडौंमा ३० र काठमाडौं बाहिर २० वटा क्लबहरु गरि नेपालमा यसका लगभग ५० क्लबहरु र १७०० सदस्यहरुले समाज सेवाको क्षत्रमा कार्यगरिरहेका छन् ।

अन्र्तराष्ट्रिय यसोशियशन अफ एलाईन्स क्लबको संरचना अन्य सामाजीक संस्थाहरु भन्दा खासै भिन्नता छैन । यसकोे संरचना अन्र्तराष्ट्रिय मल्टिपल र डिष्ट्रिक्ट रहेको छ । अन्र्तराष्ट्रिय यसोशियशन अफ एलाईन्स क्लबको मुख्यालय भारतको दिल्लीमा रहेको छ । यस अन्र्तराष्ट्रिय यसोशियशन अफ एलाईन्स क्लबमा आवद्ध हुनका लागि बार्षिक पाँच डलर तिरे सदस्यता लिन सकिने व्यवस्था गरेको छ ।

विशेष गरेर अन्र्तराष्ट्रिय यसोशियशन अफ एलाईन्स क्लबको आगामि सात वर्षमा नेपालमा क्यान्सर अस्पताल निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष रहेको डिष्ट्रिक्ट गर्भनर एलि पोखरेल बताए । हाल अन्र्तराष्ट्रिय यसोशियशन अफ एलाईन्स क्लबको अन्र्तराष्ट्रिय प्रसिडेण्ट ई. एलि अविनास ओली रहेका छन् ।
नेपालका लागि अन्र्तराष्ट्रिय कमेटी चियर पर्स लिडर एलि बिजु बज्राचार्य कार्यक्रका प्रमुख रहेक थिए भने कीर्तिपुर आँखा अस्पतालकी चीफ मेडिकल डाईरेक्टर डा. विनिता शर्मा, कान्तिपुर ब्लड बैंकका इन्चार्ज टीकाराम मण्डल, नेपाल भारत मैत्री अस्पतालका डा. राजिव श्रेष्ठ, क्यान्सर सोसायटी नेपालका प्रमुख रामनाथ मैनालि लगायतको उपस्थिति रहेको थियो ।

०अन्र्तराष्ट्रिय यसोशियशन अफ एलाईन्स क्लबको सिग्नेचर प्रोजेक्ट क्यान्सर, बालबालिका, लिडरशिप टे«निङ र ओल्डएज लगायतका छन् ।०

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply