विविध

बन्दको काठमाडौमा आन्सीक असर बसमा तोडफोड, ६ जना पक्राउ

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा सोमबार ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले नेपाल बन्दकाको अव्हान गरेका छन् । बन्द गराउन हिँडेका ६ जना बन्दकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । बन्दकर्ताले सुकेधारामा गाडी तोडफोड गरेका छन् ।

चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायत पार्टीका कार्यकर्ताले नेपाल बन्दको आह्वान गरेका हुन् ।