विविध

रक्तदाता प्रेमसागरको काठमाडौंको मेयरमा उम्मेद्वारी

काठमाडौं । नेपालमा सबैभन्दा एकसय भन्दा पनि धेरै पटक रक्तदान गर्ने रक्तदाता एवं सामाजिक अभियन्ता प्रेमसागर कर्माचार्य काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्धारी दिएका छन् । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उनले नेपाल उन्नत पार्टीको तर्फबाट महानगरको मेयर पदमा उम्मेद्धारी दिएका हुन् ।

५७ वर्षीय कर्माचार्य नेपाल स्वंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष हुन् र उनले रक्त दान जीवन दान कार्यका लागि १६९ पटक रक्तदान गरिसकेका छन् । रक्तदाता प्रेमसागर कर्माचार्य जसले “उन्नत लोकतंत्र पार्टी“ को तर्फबाट काठमाडौं महानगर पालिका मेयर पदको चुनावमा उम्मेदवारी दिएका छन् । साथै मतपत्रको खुला किताब चिन्हमा छाप लगाई समाजसेवी उम्मेदवार कर्माचार्यलाई अत्यधिक भोटले शानदार विजय दिलाउन अनुरोध गरेका छन् ।

कर्माचार्यले समाजसेवाको घेरालाई फराकिलो पार्दै अभाव र अव्यवस्थाले ग्रस्त अस्तव्यस्त काठमाडौं महानगरलाई अरु विनास र पतन हुनबाट जोगाउन र गौरव तथा वैभवलाई पुनर्जीवित एवं संरक्षण गरेर सफा, सुन्दर, समृद्ध, जीवित सांस्कृतिक महानगरको रुपमा विश्व सामु प्रस्तुत गर्न उनको लक्ष्य रहेको बताउदै उनले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न महानगरको मेयर पदमा उम्मेद्धारी दिएको बताएका छन् ।