अन्तराष्ट्रिय

मुम्बईमा चार तले भवन भत्किँदा २ जनाको मृत्यु, १५ जनाको उद्धार, भग्नावशेषमा अझै दबिएका आसंका

मुम्बई । मुम्बईको कुर्ला पूर्वस्थित नाइक नगरमा सोमबार राति एक चार तले भवन भत्किएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ । २५ जना भग्नावशेषमुनि दबिएका आसंका गरिएको छ । १५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । १० जना अझै अलपत्र परेका छन् ।

एनडीआरएफ, बीएमसी र मुम्बई पुलिसको टोली राहत र उद्धार कार्यमा संलग्न छन् । भवन जीर्ण भएको बीएमसीका अतिरिक्त आयुक्त अश्विनी भिडेले बताए । २०१३ अघि भवन मर्मत र भत्काउन सूचना दिइएको थियो । महाराष्ट्र सरकारका मन्त्री सुभाष देसाईले मृतकका परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग र घाइतेको निःशुल्क उपचार गर्ने बताएका छन् । उनले छानबिन गरी दोषीलाई कारबाही गरिने बताए । फेरि यस्तो नहोस् भनेर बैठक बोलाइएको छ । यसअघि एकनाथ शिन्देले मृतकका परिवारलाई ५ लाख र घाइतेलाई १ लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।