विविध

विराटनगरको मोरङमा बाढीका कारण हजारौं परिवार विस्थापित हुन बाध्य

विराटनगर । विराट नगरको मोरङमा बाढी र डुबानका कारण १ हजार ७ सय १८ परिवारका साढे छ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । विस्थापित बनेका ६ हजार ७ सय १७ जनालाई विद्यालय, सार्वजनिक स्थल, सामुदायिक भवन समेतमा अस्थायी बसोबासको व्यवस्था मिलाएर राखिएको छ ।

प्रजिअ कार्यालयका अनुसार विस्थापितमध्ये सबैभन्दा बढी विराटनगर महानगरपालिकाका छन् । महानगरपालिकाको पनि सिंघिया र केशलिया खोला आसपासमा बसोबास गर्दै आएका सुकुम्बासी बढी प्रभावित बनेका छन् । विस्थापित हुनेहरु विराटनगरसहित जहदा, कटहरी, धनपालथान, ग्रामथान र बूढीगंगा गाउँपालिका तथा रंगेली नगरपालिकाका छन् ।

भीषण वर्षा हुँदा मोरङका अधिकांश स्थान डुबानमा परेपछि मंगलबार र बुधबार ठूलो संख्यामा सर्वसाधारण विस्थापित बन्नुपर्ने अवस्था आएको छ । बाढीले घरमा क्षति गरेपछि र घर डुबानमा परेपछि बस्नसक्ने अवस्था नभएर सर्वसाधारण विस्थापित बनेका छन् ।