चीन । चीनमा धेरै बैंकबाट पैसा निकाल्न प्रतिबन्ध लगाइएको छ । बैंक अफ चाइनाले यहाँ जम्मा भएको रकम लगानी भएको बताएको छ । चीनमा यो निर्णयको चर्को विरोध भइरहेको छ । चीनको कम्युनिष्ट सरकारले ठूलो संख्यामा सेनाका ट्याङ्कहरू सडकमा निकालेको छ । यो घटनाले सारा विश्वलाई फेरि तियानमेन स्क्वायरको स्मरण गराएको छ । ३३ वर्षअघि सन् १९८९ मा बेइजिङको तियानमेन स्क्वायरमा सरकारविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरूमाथि ट्याङ्क सहित गरेको शशस्त्र क्रूर कारवाहीमा १०,००० मानिसहरू मारिएका थिए। जसमा अधिकांश विद्यार्थीहरू थिए ।
चीनको हेनान प्रान्तमा प्रहरी र बैंक निक्षेपकर्ताबीच विगत केही सातादेखि झडप भइरहेको छ । मानिसहरू भन्छन् कि अप्रिल २०२२ बाट उनीहरूलाई आफ्नो बचत निकाल्नबाट रोकिएको छ । यी विरोधका बीचमा चिनियाँ लिबरेसन आर्मीका ट्याङ्कका तस्बिर–भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । आन्दोलनकारीलाई धम्की दिनको लागि आर्मीका ट्याङ्कहरू तैनात गरेका छन् ।
भर्खरै, बैंक अफ चाइनाको हेनान शाखाले आफ्नो शाखामा पैसा जम्मा गर्नेहरूको बचत ’लगानी’ भएकोले झिक्न नसकिने घोषणा गरेको छ । यो घोषणापछि जनआन्दोलन झनै उग्र बनेको छ । जुलाई १० मा, १००० भन्दा बढी प्रदर्शनकारीहरू Zhongzhou, Henan स्थित बैंक अफ चाइना शाखा अगाडि भेला भए र जोरदार प्रदर्शन गरे, तर अहिलेसम्म चिनियाँ अधिकारीहरूले उनीहरूको मागलाई बेवास्ता गर्दै आएका छन् । रिपोर्टहरूका अनुसार हेनानस्थित बैंक अफ चाइनाको कार्यालय अगाडि भएको विशाल प्रदर्शनलाई दबाउन चिनियाँ जनसशस्त्र प्रहरी बलका केही व्यक्तिहरू सेतो लुगा लगाएर आइपुगेका थिए ।
चिनियाँ सेनाका ट्याङ्कहरू चीनको हेनान प्रान्तको सडकबाट गुज्रिरहेका छन् । मानिसहरु बैंकसम्म नपुगोस भनेर सडकमा ट्याङ्करहरु राखिएक छन् । हेनान प्रान्तको राजधानी झेङ्झाउमा विरोध प्रदर्शन हिंसात्मक भएपछि अधिकारीहरूले किस्तामा बैंकहरूबाट जनताको कोष जारी गर्ने बताएका छन् । हेनानका धेरै ग्रामीण बैंकहरूले केही महिनादेखि जनताको पैसा थुनेका छन् । १५ जुलाईमा, बैंकहरूले जनतालाई वाचा अनुसार पहिलो किस्ता तिर्नु पर्ने थियो, तर थोरै व्यक्तिले मात्र पैसा पाउन सकेका छन् । यसले चिनियाँ बैंकहरूसँग दिने पैसा बाँकी छ कि छैन भन्ने प्रश्न पनि उठेको छ । अर्थात् चिनियाँ बैंकहरू दिवालिया भएका हुन् कि भन्ने शंका देखिन थालेको छ ।
आखिर चिनियाँ बैंकले किन जनताको पैसा फिर्ता गर्दैनन् ?
चीनमा, स्थानीय सरकारहरूको आम्दानीको ठूलो हिस्सा जग्गा भाडामा लिनेबाट आउँछ, विशेष गरी घर जग्गा विकासकर्ताहरूलाई, तर निर्माण कम्पनीहरूले धेरै परियोजनाहरू अधुरो रहेकाले जग्गा पुनः खरिद गरेका छैनन् । यसले स्थानीय सरकारको आम्दानी प्रभावित भएको छ । रिपोर्टहरूका अनुसार चीनमा घर खरिदकर्ताहरूको भुक्तानी नगर्ने समस्या तत्काल समाधान हुन सकेको छैन किनभने वरिष्ठ रियल इस्टेट अधिकारीहरू बाहेक, चीनका सबै सफल घर जग्गा विकासकर्ताहरू राष्ट्रपति सी जिनपिङको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) मा आवद्ध छन् । केही शक्तिशाली व्यक्तिहरूसँग ।
जस्तै चीनको सबैभन्दा ठूलो सम्पत्ति विकासकर्ता एभरग्रान्डका सी जियाइन र सीपीसी राजनीतिज्ञ झेङ छिङहोङकी भतिजी झेङ बाओबाओ पैसा कमाउन घरजग्गा व्यवसायमा प्रत्यक्ष रूपमा संलग्न छन् । सामान्य घरजग्गा विकासकर्ताले पनि आफ्नो कामको बदलामा सरकारी कर्मचारीलाई घूस दिनुपरेको छ । यस्तो अवस्थामा चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूले अधुरा आयोजना र घरजग्गामा भएको भ्रष्टाचारको छानबिन गर्न चाहेमा आफ्ना प्रियजनलाई पनि कारबाही गर्नुपर्छ ।
केही दिन अघि मात्रै अनलाइनमा भाइरल भएको एउटा भिडियोमा बेइजिङको सिङ्घुआ विश्वविद्यालयका प्रोफेसर झेङ युहुआङले सन् २०२२ चीनका लागि कठिन वर्ष भएको बताएका थिए । झेङका अनुसार सन् २०२२ को पहिलो त्रैमासिकमा चीनमा ४.६० लाख कम्पनी बन्द भएका छन् भने ३१ लाख व्यवसायी परिवार दिवालिया भएका छन् । यो वर्ष १.७६ करोड कलेज ग्रेजुएट बाहिर आएकाले रोजगारीको संकट सिर्जना भएको छ । चीनमा करिब आठ करोड युवा बेरोजगार छन् ।
तियानमेन स्क्वायर नरसंहारको कथा के हो, के थियो ?
८० को दशकमा चीन ठूलो परिवर्तनबाट गुज्रिरहेको थियो । चिनियाँ कम्युनिष्ट नेता देङ सियाओपिङले आर्थिक सुधारको सुरुवात गरेका थिए । जसका कारण देशमा विदेशी लगानी बढ्यो र निजी कम्पनीहरु आउन थाले । जसका कारण चीनको अर्थतन्त्रले गति लियो तर भ्रष्टाचार, मुद्रास्फीति र बेरोजगारी जस्ता समस्याले भयावह रूप लिन थालेको थियो । चीनका जनता अमेरिका, बेलायतजस्ता प्रजातान्त्रिक मुलुकसँग सम्पर्कमा आएपछि उनीहरुको पनि प्रजातन्त्रप्रति चासो बढ्न थाल्यो । बिस्तारै यी समस्याले चीनमा आन्दोलनको रुप लिन थाल्यो । चिनियाँ नेता देङ सियाओपिङले यसका लागि कम्युनिष्ट पार्टीका महासचिव हु याओबाङलाई दोष दिएका थिए । हु याओबाङले चीनमा राजनीतिक सुधारको वकालत गर्दै आएका थिए । हु याओबाङको १५ अप्रिल, १९८९ मा अचानक मृत्यु भयो, यसले वायुमण्डललाई थप ततायो । बेइजिङको तियानमेन स्क्वायरमा उनलाई श्रद्धाञ्जली दिन हजारौं मानिस भेला भएका थिए । अप्रिल १७ सम्म प्रदर्शनकारीहरूको भीड बढ्दै गयो र यस चोकमा ’स्ट्याचु अफ डेमोक्रेसी’ स्थापना गरियो ।
२५ अप्रिलमा पिपुल्स डेलीले चिनियाँ नागरिकको आन्दोलनलाई सरकारविरुद्धको षड्यन्त्रको रूपमा वर्णन गरेको छ । २७ अप्रिल सम्म यो प्रदर्शन देशभर फैलियो । मई १३ सम्म, तियानमेन स्क्वायर विद्यार्थीहरूले ओगटेको थियो । त्यहाँ हजारौं विद्यार्थी अनशनमा बसेका थिए । यसले चीनको कम्युनिस्ट सरकारलाई डराएको थियो । जुन २, १९८९ मा चिनियाँ सरकारले बेइजिङमा मार्शल ल लगाए बावजुद लाखौं चिनियाँ नागरिक प्रजातन्त्रको माग गर्दै तियानमेन स्क्वायरमा भेला भए थिए । मार्सल ल लगाएपछि कम्युनिष्ट सरकारले हजारौं आन्दोलनकारी नेताहरूलाई जेल हालेको थियो ।
जुन ४, १९८९ मा तियानमेन स्क्वायरमा लाखौं विद्यार्थी र जनता शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए, सोहि दिनको रातको अँध्यारोमा हतियार सहित सशस्त्र चिनियाँ सैनिकहरू तियानमेन स्क्वायरमा ट्याङ्कहरू ल्याउन थाले र सेनाले पूरै चौकलाई घेरेर फायरिङ गर्न थाल्यो । त्यसबेला १० लाखभन्दा बढी प्रदर्शनकारी त्यहाँ उपस्थित थिए । तीमध्ये अधिकांश विद्यार्थी थिए । आन्दोलनकारीलाई आफ्नै देशको सेनाले आफूमाथि यसरी गोली चलाउँछ भन्ने कल्पना पनि थिएन । यस कारबाहीमा दश हजार मानिस मारिएका थिए । तर, चिनियाँ सरकारले मात्र २०० जनाको मृत्यु भएको दाबी गरेको थियो । चीनले तियानमेनमा भएको नरसंहारलाई इतिहासबाट मेटाउन सक्दो प्रयास ग¥र्यो । आज पनि चिनियाँ कम्युनिष्ट सरकारले यो नरसंहारबारे चीनमा कुनै पनि छलफल गर्न प्रतिबन्ध लगाएको छ । चीनमा पनि यसको उल्लेख इन्टरनेट र पुस्तकहरूमा प्रतिबन्धित छ ।
Add Comment