Home » Sample Page » विश्वका शक्तिशाली यहूदीहरूको सूची जारी
अन्तराष्ट्रिय

विश्वका शक्तिशाली यहूदीहरूको सूची जारी

तेल अविव । विश्वमा यहूदीहरूको जनसंख्या लगभग १ करोड ५० लाख भए पनि संसारलाई प्रभाव पार्ने कुरामा यहूदीहरूभन्दा कोही पनि अगाडि छैनन्। इजरायली पत्रिका द जेरुसेलम पोस्टले विश्वका ५० सबैभन्दा शक्तिशाली यहूदी प्रभावशाली व्यक्तिहरूको सूची जारी गरेको छ । सूचीमा विश्वव्यापी राजनीति, व्यवसाय र समाजमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वहरू समावेश छन् ।

शीर्ष १० सबैभन्दा प्रभावशाली यहूदी नेताहरूको सूची
१. बेन्जामिन नेतान्याहू – इजरायलका प्रधानमन्त्री, २. स्टिभ विटकफ – ट्रम्प प्रशासनमा मध्य पूर्व दूत, ३. डेभिड बार्निया – मोसादका प्रमुख, ४. इयाल जामिर – इजरायली रक्षा बलका प्रमुख, ५– स्टीफन मिलर र एडम बोहलर – ट्रम्पका ह्वाइट हाउस सल्लाहकारहरू, ६– हावर्ड लुटनिक – ट्रम्प प्रशासनमा वाणिज्य सचिव, ७– रोन डर्मर, इजरायल काट्ज, गिडियन सार – इजरायली सरकारका वरिष्ठ सदस्य, ८– इटामार बेन–ग्भिर – इजरायली गृहमन्त्री ९– सर्गेई ब्रिन – गुगलका सह–संस्थापक, १०– असाफ रापापोर्ट, यिनन कोस्टिका, रोय रेज्निक, र अमी लुटवाक – विज कम्पनीका संस्थापक ।—नभाट