अन्तराष्ट्रिय

सलमान रुस्दीको अवस्थामा सुधार: छुरा प्रहार गर्ने अभियुक्तले अदालतमा दिए निवेदन – म दोषी छैन

न्यूयोर्क । न्यूयोर्कमा भएको घातक हमलापछि भारतीय मूलका बेलायती–अमेरिकी लेखक सलमान रुस्दीको स्वास्थ्यमा अहिले सुधार आएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई भेन्टिलेटरबाट हटाइएको छ । उनी बोल्न सक्ने समेत दाबी गरिरहेका छन् । योसँगै सलमानमाथि आक्रमण गर्ने अभियुक्तले अदालतमा आफूलाई निर्दोष घोषणा गरेका छन् ।

शुक्रबार एक लाइभ कार्यक्रममा २४ वर्षीय हादी मतरले रुस्दीमाथि हमला गरेका थिए । मटरले उनको घाँटीमा १०–१५ पटक छुरा प्रहार गरेका थिए । त्यसपछि रुस्दीलाई एयरलिफ्ट गरी अस्पतालमा भर्ना गरिएको थियो । मतर शिया अतिवादप्रति सहानुभूति राख्थे ।