समाचार

माओवादीले टुङ्ग्यायो २१ सदस्यीय पदाधिकारीहरुको टिम, देव गुरुङ महासचिव

काठमाडौं । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंग्गो लगाएको हो ।
अध्यक्षमा पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ प्रकाश, उपाध्यक्षमा कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङ र उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल रहकाछन् ।

यस्तै, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की र कोषाध्यक्षमा श्रीराम ढकाल प्रशान्त रहेकाछन् ।