विविध

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख परिवर्तन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नगर प्रहरी प्रमुख परिवर्तन गरेका छन् । मेयर साहले नगरप्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई जिम्मेवारी दिएका हुन् । काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक(एसपी) रहेका छन् । जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ ।

नगरप्रहरी प्रमुख पाण्डेले आफूलाई दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पालाना गर्ने बताए । उनले यसअघि पनि नगर प्रहरीकै काम गरिरहेको र थोरै जिम्मेवारी हेरफेर भएको मात्रै बताए । पाएको जिम्मेवारी इमान्दारिताको साथ पुरा गर्ने उनको भनाई छ । यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई मेयर बालेनले प्रशासनतर्फ खटाएका छन् ।