धर्म/संस्कृति

छठ महापर्व सुरुः आइतबार उदाउँदो र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर पर्वको समापन हुने

लोक आस्था सौर्य पूजाको महान् पर्व छठ शुक्रबार स्नान गरेर सुरु हुँदैछ । शनिबार खरना, आइतबार साँझ अर्घ र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत बस्नेले पराणा गर्ने छन् । नहे–खैको दिन व्रत राख्ने मानिसले नुहाएर ध्यान, अर्वा चामल, कद्दूको करी, चनाको दाल र चटनी खाई पवित्रताका साथ यो व्रत आरम्भ गर्नेछन् । सोमबार व्रत बस्नेहरुका घर–घरमा नहे–खायको प्रसाद लिन आम भक्तजन पनि पुग्छन् । यसपछि शनिबार अर्वा चामल, गुड़ र दूधको खीरले व्रत बस्ने र त्यसपछि ३६ घण्टाको व्रत सुरु हुनेछ ।

छठ प्रकृतिको पूजा हो । यस अवसरमा सूर्य देवताको पनि पूजा गरिन्छ, जो एकमात्र देखिने देवता मानिन्छन् । अष्टचल गामी भगवान् सूर्यको पूजा यस अर्थमा गरिन्छ कि दिनभरि हाम्रो जीवनलाई उज्यालो पार्ने सूर्यले क्षीण हुँदा पनि उहाँलाई नमन गर्छौं ।
छठ पूजाको अवसरमा सरसफाइको प्रेरणा दिने नदी, पोखरी, जलस्रोतका किनारमा पूजा आराधना गरिन्छ । यो पर्वले नदीहरूलाई प्रदूषणमुक्त बनाउने प्रेरणा दिन्छ । यस पर्वमा केरा, स्याउ, उखु लगायतका फलफूलको प्रसादका रुपमा पूजा गरिन्छ जसले वनस्पतिको महत्वलाई उजागर गरेको छ ।

सूर्य षष्ठीमा मनाइने यो पर्वलाई छठ भनिन्छ । यो पर्वले परिवारमा सुख, समृद्धि र इच्छित परिणाम ल्याउने मानिन्छ । छठ देवी भगवान् सूर्यकी बहिनी भएकोले छठमैयालाई प्रसन्न पार्न सूर्यलाई अर्घ दिई सूर्यको पूजा गर्ने जनविश्वास छ । ज्योतिषशास्त्रमा सूर्यलाई सबै ग्रहहरूको अधिपति मानिन्छ । सबै ग्रहहरूलाई प्रसन्न पार्नुको सट्टा सूर्यको मात्र पूजा गरी अर्घ्य दिनाले धेरै लाभ मिल्छ ।