विविध

अनुचित व्यापारिक क्रियाकलाप रोक्नु, स्वच्छ बजारका लागि सचेतना वृद्धि गर्नु अनुगमनको मुख्य लक्ष्य

काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले पर्वलक्षित अनुगमनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै स्वच्छ बजारका लागि अनुगमनलाई नियमित गरिने बताए । आज बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकको अध्यक्षता गर्दै उपप्रमुख डंगोलले यस्तो बताभएको हो । ‘सामानको मूल्य, गुणस्तर र स्वच्छताप्रति उपभोक्ता र व्यवसायी आफैँमा पनि जागरुकता आएको छ । यो ठूलो उपलब्धी हो ।’ अनुचित व्यापारिक क्रियाकलाप रोक्नु र स्वच्छ बजारका लागि सचेतना वृद्धि गर्नु अनुगमनको मुख्य लक्ष्य हो । अब सचेतनाका कार्यक्रमलाई पनि सँगै लिएर जानुपर्छ । डंगोलको भनाइ थियो ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले औषधिजन्य बस्तुको मूल्य, उपभोग्य मिति, मिश्रण, विक्रेताको अनुमतिलगायतका विषयमा धेरै गुनासो रहेको उल्लेख गरे । ‘ औषधि बेच्ने प्रमाण पत्र एउटाले लिने । प्रमाण पत्र लिएपछि ऊ प्रमुख कार्यकारी हुने त्यसपछि प्रमाण पत्र नभएका व्यक्ति राखेर औषधि बेच्ने गरेको गुनासो धेरै छ । मूल्य अत्याधिक चर्को छ । अनुगमनबाट यथार्थ चित्र लिएर आउनु पर्छ ।’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ थियो । अबको अनुगमन कार्ययोजनासहितको हुने उनको भनाइ थियो ।
बैठकमा खाद्य पदार्थ नियमन तथा पशुपंक्षी महाशाखाका प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाले पर्वलक्षित अनुगमन सम्बन्धी विवरण अद्यावधिक गराएका थिए ।