विविध

सडकका सहयोगापेक्षी मानवको उद्धार तथा व्यवस्थापनप्रति महानगर प्रतिवद्ध छ — प्रमुख साह

काठमाडौँ । सामान्य मानवीय जीवन बाँच्न अरुको सहारा खोजिरहेका मानिसहरुको उद्धार र व्यवस्थापनमा काठमाडौँ महानगरपालिका प्रतिवद्ध रहेको प्रमुख बालेन्द्र साह (बालेन) ले बताएक्ँ छन् । सहयोगापेक्षी मानव व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले मानव सेवा आश्रमसँग गरेको सम्झौता कार्यान्वयनको अवस्थालगायत विषयमा छलफल गर्न बोलाइएको बैठकमा उनले यस्तो बताएको हो ।
नागार्जुन नगरपालिका वडा नं. ६ सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि. नं. ८२ र १८९ को करीब १८ रोपनी जग्गामा मानव सेवा आश्रम निर्माण गर्न काठमाडौँ महानगरपालिका, नागार्जुन नगरपालिका र मानव सेवा आश्रमविच सम्झौता भइसकेको छ । भवन निर्माणका लािग स्रोत महानगरको, जग्गा प्राप्ति गर्ने नागार्जुन नगरपालिकाको र निर्मित भवनमा मानवीयताका काम गर्ने आश्रमको दायित्वसहित सम्झौता भएको हो । भवन बनाउन प्रस्ताव गरिएको जग्गा अहिलेसम्म नगरपालिकाले स्वामित्व र भोगाधिकार प्राप्त गरेको छैन । वैठकमा यस विषयमा छलफल गर्दै नगरपालिकालाई जग्गा प्राप्तिका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।

काठमाडौँ सहरका सडकमा रहेका सहयोगापेक्षीहरुलाई लिंग, उमेर समूह, शारीरिक तथा मानसिक अवस्था, आवश्यकता र प्रकृतिजस्ता अवस्थाका आधारमा छुट््याएर उद्धार गर्नुपर्ने अवस्था छ ,। यो कामको थालनी गर्नुअघि सुरक्षा निकायसहित सर्वपक्षीय बैठक योजना तर्जुमा गरिने भएको छ । बैठकमा उद्धारपछि मृत्यु हुनेहरुको अन्तिम संस्कार कर्मका विषयमा छलफल गर्दै महानगरपालिका, मानव सेवा आश्रम र आर्यघाट व्यवस्थापन समितिविच सहकार्य गरिने, महानगरको सहयोगमा सञ्चालन भएको एम्बुलेन्स सेवालाई आश्रमका विरामीहरुलाई अस्पताल लैजान तथा सहयोगापेक्षी सम्बन्धी जानकारी लिन तथा सहयोग सम्बन्धी जानकारी दिन महानगरको कल सेन्टरलाई उपयोग गरिने भएको छ ।

यस अघि सडकमा भेटिएका कतिपय व्यक्तिहरु मादक पदार्थको कुलतमा भेटिएकाले उनीहरुलाई पुनस्र्थापना केन्द्रमा राखेर सुधार गर्नु पर्ने भएकोले महानगर क्षेत्रभित्र भएका पुनस्र्थापना केन्द्रहरुसँग समन्वय गर्ने जिम्मा सामाजिक विकास विभागलाई दिइएको छ ।
उद्धार गरिएका विपन्न, अशक्त, असहाय, सडक सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनका गर्न स्क्रिनिङ् सेन्टरका लागि स्थान तथा संरचना खोजेर उद्धारको काम थालिने भएको छ ।

सडक सहयोगापेक्षी मानवरहित सहर बनाउने संकल्प गरेर काठमाडौँ महानगरपालिकाले अभिभावकत्व ग्रहण गरेको छ । यसका लागि महानगरले २०७४ मंसिर १ गते मानव सेवा आश्रमसँग सडकमा वेसहारा जीवन विताइरहेकाहरुको पालन पोषणमा सहयोग पु¥याउने उद्देश्यले सम्झौता गरेको हो । जसअन्तर्गत सहरका सडक किनारामा वेसहारा जीवन विताउने हरेक उमेर समूहका मानिसलाई उद्धार गरेर, आश्रममा लाने, सम्भव भए पारिवारिक पुनर्मिलन गराउने काम भइरहेको छ ।