Home » Sample Page » अनधिकृत राखिएका परिचय पाटी आजबाट हटाइँदै, ३० बर्गफुटसम्मका परिचय पाटीको वडामा गएर दर्ता गराउन सकिने
विविध

अनधिकृत राखिएका परिचय पाटी आजबाट हटाइँदै, ३० बर्गफुटसम्मका परिचय पाटीको वडामा गएर दर्ता गराउन सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि अनधिकृत परिचय पाटी हटाउन सुरु गर्दैछ । यस्ता वोर्ड हटाउन महानगरले ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको समयसीमाभित्र नियमित नगर्नेहरुको परिचय पाटी आजबाट हटाउँदैछौँ । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्छन्, ‘पाटी हटाउँदा ख्याल गर्नुपर्ने केही बुँदा हामीले टोलीलाई सम्झाएका छौँ । यो विषय सर्वसाधारणलाई पनि थाहा हुन आवश्यक छ ।’ पाटी हटाउँदा ख्याल गर्नुपर्ने विषयका बारेमा डा. अधिकारी थप्दै भन्छन्, ‘३० बर्गफुटभन्दा धेरै आकार भएका सबै बोर्ड हटाइनेछ । प्रायोजकको वोर्ड पनि यही आकारभित्र हुनुपर्नेछ । मापदण्डभित्रका बोर्ड वडामा गएर राजस्व तिरेपछि राख्न सकिन्छ । अहिलेसम्म पनि नियमित भएका छैनन् भने तुरुन्तै वडामा सम्पर्क राख्न सकिन्छ । व्यवसायिक स्थलमा ३० वर्गफुटभित्र जुनसुकै आकारको भए पनि एउटाभन्दा धेरै बोर्ड हटाइनेछ । यस्तै सार्वजनिक स्थलमा रहेका झ्याल, ढोका छोपिने गरी राखिएका, छतमा राखिएका सबै वोर्ड हटाइनेछ ।’

यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइनेछ । विभागले असोज ७ गते ३० दिने सूचना दिएर मापदण्डभित्र राख्न सकिने परिचय पाटीको आकार र त्यसमा वार्षिक रुपमा लाग्ने दरसमेत उल्लेख गरेर सार्वजनिक सूचना प्रकाशन गरेको थियो । ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो । १५ बर्गफुटसम्मको १ हजार ५ सय रुपैयाँ र सार्वजनिक सूचनामार्फत भित्र एउटाभन्दा धेरै कुनै पनि साइजको परिचय पाटी राख्न नपाइने भएको छ ।