विविध

हाइटेन्सन लाइन अवरोध गर्ने रुखका हाँगा हटाउन थालियो, महानगर र प्राधिकरण सँगसँगै काम गर्दै

काठमाडौँ । विद्युत प्राधिकरणबाट सभा गृह हुँदै पद्मोदय मोडसम्म हाइटेन्सन लाइन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) मा अवरोध गर्ने रुखका हाँगा हटाउन थालिएको छ । विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध बारुण यन्त्र कार्यालयले हाँगा हटाउन जनशक्ति र उपकरण परिचालन गरेको छ ।

हाइटेन्सन लाइनमा रुखका हाँगाले छोएर विद्युत अवरोध भएको उल्लेख गर्दै प्राधिकरणबाट अनुरोध आयो । त्यसपछि काम थालिएको हो । बारुण यन्त्र कार्यालय काठमाडौँका प्रमुख एवं नगर प्रहरी निरीक्षक प्रकाश पण्डितकाअनुसार हामीले जोखिमपूर्ण हाँगाहरु काटेर हटाएका छौँ । काटिएका हाँगाहरु वातावरण तथा कृषि विभागका गाडी प्रयोग गरेर व्यवस्थापन गरिएको छ । विभागका प्रमुख सरिता राई भनाई छ ।