विविध

बबरमहलमा काठमाडौँ महानगरपालिकाको सहायता कक्ष स्थापना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले ववरमहलमा रहेका विभागहरुका लागि राजस्व सहायता कक्षको शुभारम्भ गरेकाो छ । महानगरले बबरमहलबाट प्रसुति गृहतर्फ जाने सडकको किनारामा सञ्चालन गरेको कार्यालय भवनको भुईँ तलामा कक्ष राखिएको छ । कक्षबाट राजस्वसँगै यस भवनमा रहेका भवन इजाजत, सार्वजनिक निर्माण र राजस्व गरी ३ वटा विभागका कामको प्रक्रिया, राजस्व, शुल्क तथा कर दस्तुर, सम्पर्क गर्नु पर्ने अधिकारी, कामका लागि लाग्ने समयलगायत आवश्यक जानकारी दिइनेछ ।
कक्षको शुभारम्भ गर्दै उपप्रमुख डंगोलले, सेवाका लागि नागरिक र महानगरको भेट हुने पहिलो स्थान स्थापना भएको बताईन । ‘अब सेवा लिन आउने नागरिकले जानकारी अभावमा कोठा कोठा घुम्नु पर्दैन । यसबाट सेवाग्राहीको सेवामा सहजता हुनेछ । समयको बचत हुनेछ ।’ उनको भनाइ थियो ।

त्यस क्रममा वडाध्यक्ष हीरालाल तण्डुकारले सेवाग्राहीले महानगरसँग गर्ने अपेक्षाका विषयमा सेवाग्राहीसँग कुराकानी गरेका थिए । त्यस क्रममा सेवाग्राहीले सहायता कक्ष सेवा सहजताका लागि प्रभावकारी हुने आशा व्यक्त गरे । यो प्रयासबाट राजस्व प्रशासनमा चुस्तता आउनेछ । कर तिर्न आउने करदाताले करमैत्री वातावरण प्राप्त गर्नुहुनेछ । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीको भनाइ थियो ।