समाचार

झलनाथले हार स्वीकार गर्न नसक्ने भन्दै छाडे इलाम

इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल आफ्नो हार स्वीकार गर्न नसक्ने भन्दै बिजयी उम्मेदवारलाई बधाईसमेत नदिई जिल्ला छाडेका छन् । सत्तारुढ दलका दोस्रो बरियताका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री खनाल नेकपा एमालेका महेश बस्नेतसँग हार बेहोर्नु परेपछि धाँधली गरेर चुनाव हराएको भन्दै इलामबाट हिँडेका हुन । मतगणनास्तलबाट आक्रोशि हुँदै निस्केका खनाल काठमाडौँ फर्किने गरी जिल्ला छाडेको हो ।

खनालले दुबै प्रदेशमा गठबन्धनले जित्ने तर प्रतिनिधिसभामा आफू मात्रै हार्ने कसरी हुन्छ ? भन्दै आक्रोश पोखेका थिए । उनले आफूलाई षडयन्त्रपूर्वक हराइएकोले यसको सँधै बिरोध गर्ने र परिणाम स्वीकार नगर्ने बताएका छन् । मतगणनामा धाँधली भएको बताउँदै पुनः मतदानको माग गरेका खनालको माग निर्वाचन अधिकृतको कार्यालयले पूरा गर्न नसकेपछि थप आक्रोशित बनेका थिए । आफ्नै पूर्व कार्यकर्तासँग हारेपछि खनालले इलाम १ को चुनावी परिणाममा आफ्नो सधैँ विरोध रहिरहने बताएका छन् ।