विविध

पत्रकार मञ्चका पूर्व अध्यक्ष शाहीलाई मातृ शोक

काठमाडौं । नेपाल पत्रकार मञ्चका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य योगेन्द्र प्रताप शाहीलाई मातृ शोक परेको छ ।

पूर्व अध्यक्ष शाहीकी आमा राधादेवी शाहीको ९५ वर्षको उमेरमा सोमबार निधन भएको हो । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार सोमवार बेलुका ६ः३० बजे शाहीको निधन भएको हो । नेपाल पत्रकार मञ्चले शाहीको निधनप्रति द्ःख व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेको छ ।