मुख्य समाचार

प्रधानमन्त्रीमा माओवादी र कांग्रेस दुवैको दाबी, सरकार गठनका लागि सत्तागठबन्धनको गृहकार्य शुरु

काठमाडौं । पाँचदलीय सत्तागठबन्धनमा रहेका प्रमुख दुई दलबीच भावी सरकारको नेतृत्वको विषयले औपचारिक प्रवेश पाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आलोपालो सरकारको नेतृत्व गर्ने गरी पहिलो कार्यकाल आफ्नो पार्टीलाई दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । देउवाले भने यसै साता आफ्नो पार्टीको संसदीय दलको नेता चयन हुने र त्यसपछि मात्रै सरकारको नेतृत्वबारे छलफल गर्ने जवाफ दिएका छन् ।

निर्वाचनबाट कुनै एक दलको मात्र होइन पाँचदलीय गठबन्धनकै समेत स्पष्ट बहुमत नआएकाले साना दलको समेत साथ लिएर मिलीजुली सरकार बनाउनुपर्ने बाध्यता गठबन्धनलाई छ । सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने विषयमा मतभेद रहेकै वेला दाहालले पहिलो कार्यकाल आफूले नेतृत्व गर्ने प्रस्ताव गर्नुमो साथै उनले कांग्रेसबाहेकका ६० सांसदको समर्थन आफूले जुटाएको दाबी गरेका छन् ।

माओवादीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेशका मुख्यमन्त्रीहरूमा आवश्यकता अनुसार ‘त्याग’ गर्ने भन्दै दाहाले प्रधानमन्त्री देउवासँगको भेटवार्तामा पहिलो कार्यकालमा संघीय सरकारको नेतृत्व आफूले गर्न चाहेको बताएका हुन । दाहाले संविधानको रक्षा र समृद्धिका लागि गठबन्धनको संस्कार अनुसार अहिले माओवादीलाई नेतृत्व दिन आग्रह गरेका थिए । जवाफमा देउवाले गठबन्धनको सहमति अनुसार आफू अगाडि बढ्न तयार रहेको बताएका छन् ।