विविध

फोहोर रोकिएको छैन: अहिलेसम्ममा ११९ ट्रिप फोहोर व्यवस्थापन, सूचनालाई स्रोतमा प्रमाणित गर्न आग्रह

काठमाडौँ । फोहोर व्यवस्थापन कार्य नियमित भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिएका छन् । आजदेखि काठमाडौँको फोहोर एक हप्ता नउठ्ने शीर्षकमा समाचार प्रकासन भएको उल्लेख गर्दै प्रवक्ता मानन्धरले भने, ‘फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन कार्य कुनै पनि रोकिएको वा अवरोध भएको छैन । जनशक्ति, साधन तथा उपकरण नियमित काममा छन् । स्रोतमा पुष्टि नभएका समाचारले गलत सूचना प्रवाह भयो ।’

ल्याण्डफिल साइटका इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठकाअनुसार आज विहान ११९ ट्रिप फोहोर व्यवस्थापन भइसकेको छ । फोहोर बोकेका ट्रक साइटमा पुग्दैछन् । साइटमा व्यवस्थापनको काम चलिरहेको छ । श्रेष्ठकाअनुसार साइटमा दैनिक २ सय ट्रक पुग्ने गरेका छन् ।