विविध

शुक्रराजशास्त्रीको सालिकमा पुष्पगुच्छा अर्पण : सहिद सप्ताहकाकार्यक्रम सुरु 

काठमाडौं । सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा गरिएको छ । काठमाडौंको टेकु मचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर काठमाडौँ महानगरका प्रमुख एवं सहिद सप्ताहमुल समारोह समितिका संयोज कबालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सहिदको सालिकमा पुष्प गुच्छा अर्पण गरेका थिए । त्यस अवसरमा कार्यपालिका सदस्य, वडा सदस्य, महानगरका कर्मचारी सहित सर्बसाधारणले पुष्पगुच्छा चढाएका थिए ।
यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो । शास्त्रीले नागरिक स्वतन्त्रताका लागि शासकबाट प्राण बक्सिस माग्नु भन्दा प्राणदण्ड स्वीकार गरेका थिए । यो अहिलेका पुस्ताका लागि ठूलो सिकाइहो । सभामा संक्षिप्त मन्तव्य राख्दै महानगरकी उपप्रमुख डंगोलले, शास्त्रीको योगदानकाविषयमाचर्चा गरेकि थिईन् । नेपाल भाषालाई व्यवस्थित प्रकाशन गर्नमा शास्त्रीको ठूलो योगदान छ । शास्त्रीले नागरिक जीवनको सहजताका लागि गरेको योगदानका विभिन्न आयाम छन् । डंगोलको भनाइथियो ।

उभिएर बोलेको कसुर लगाएर प्राणदण्ड दिने त्यो अन्धकारमय शासनलाई जनताका हातमा ल्याउन सहिदले गरेको योगदानको सम्मानमा धेरै कामगर्न बाँकी छ । एक दिन सहिद सम्झिएर पुग्दैन । वडा १२ काअध्यक्ष बालकृष्ण महर्जनले धारणा राखेका थिए । बोेलेको भरमा मृत्युदण्ड दिने त्यो समय मन लागेको कुरा बोल्न पाइने यो दिनमा कसरी रुपान्तरण भयो? त्यसका लागि कसले के योगदान गरेका थिए? इतिहासको त्यो पक्ष विर्सिन मिल्दैन । कार्यक्रममा नेपालआर्य समाजका अध्यक्ष डा. माधवप्रसाद उपाध्यायले सहिदहरुको बलिदानीको सम्मानमा समन्वयात्मक कामको खाँचो देखाए ।

पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदान दिने सहिदको योगदानको सम्मानमा काठमाडौँ महानगर पालिकाको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रम आयोजना हुने गरेका छन् । यस क्रममामाघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभाहुनेछ ।

महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यान दण्ड पाएका ४ सहिदहरुको पूर्ण कदको शालिक उनिहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ । २०७५ सालमा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएको हो भने धर्मभक्त माथेमा, गंगालालश्रेष्ठ र दशरथ चन्दको २०७६ सालमा स्थापना गरिएको हो । माथेमाको शालिक उनको जन्म स्थान ओम बहालमा पनि स्थापनागरिएको छ ।

यस बर्षको माघ १६ गते शान्तिबाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौर स्थित सहिद पार्कमा पुग्नेछ । संघीय मन्त्री तथा प्रदेश मन्त्रीहरु, संसद सहित उच्च पदस्थ पदाधिकारीहरु प्रभात फेरीमा सहभागी हुुने छन् । प्रधानमन्त्रीसिधै सहिदपार्कमाजानुहुनेछ । त्यस अवसरमा नेपाली सेनाको टुकडीले सम्मानगारदअर्पण गर्नेछ ।

शुक्रराजको जन्मवि. सं. १९५० सालमा बनासरमा भएको हो । भारतकै देहरादुन स्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरु गरेका शास्त्रीले इलाहवादकै आर्य समाज बिद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा कामगरेका थिए । त्यस क्रममा उनले पटना, दार्जिलिङ्, कलकत्ता लगायत स्थानमा भएका नेपाली भाषी विच नागरिक अधिकारका बिषयमा संगठन गर्न थालिसकेका थिए । त्यसपछि नेपाल फर्केका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेका थिए । यस समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि रहेका थिए ।

धार्मिक गतिबिधिबाट जहानियाँ शाशनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरुलाई भेला गराएर गीताका श्लोक मार्फत जहानियाँ शासनको आलोचना गरेका थिए । राणाको बिरोध गरेको यही आरोप लगाएर उनलाई पक्राउ गरिएको थियो । १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्ध शमसेर सहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्तमाथेमा, गंगालालश्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्व सहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । यसरी जेल सजाय भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकाका नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचली स्थित खरिबोटमा र धर्मभक्त माथेमालाई माघ १३ गते सिफलउकालो बकाइनाका रुखमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो । त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोलीहानेर प्राण दण्ड दिइएको थियो ।