सिरहामा नक्कली नोटको कारोबारको आशंका, दुई जना नियन्त्रणमा

सिरहामा नक्कली नोटको कारोबारको आशंका, दुई जना नियन्त्रणमा

सिरहा । सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डबाट नक्कली नेपाली नोटजस्तो देखिने रकमसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कात्तिक १३ गते राति करिब ९ बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका दुई जनालाई शंकाका आधारमा जाँच गरेको थियो।

जाँचका क्रममा कल्याणपुर नगरपालिका–८ बस्ने ३५ वर्षीय मोहमद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाको साथबाट ५०० दरका तीन थान र १,००० दरका २४ थान गरी जम्मा २५ हजार ५०० रुपैयाँ बराबरका नक्कली नोटजस्तो देखिने रकम बरामद भएको प्रहरीले जनाएको छ।

बरामद रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply