अन्तराष्ट्रिय

पुटिनले जेलेन्स्कीलाई न मार्ने वाचा गरेका छन्ः पूर्व इजरायली प्रधानमन्त्री नफ्ताली बेनेट

मस्को । रुस र युक्रेनबीचको सम्झौतामा वार्ता गर्न खोजेका पूर्व इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले शनिबार एक अन्तर्वार्तामा ठूलो खुलासा गरेका छन् । बेनेटले पुटिनलाई जेलेन्स्कीको हत्या नगर्ने वाचा पाएको बताएका छन् । नफ्ताली बेनेटले आफ्नो युट्युब च्यानल र ट्वीटरमा ४ घण्टाको अन्तर्वार्ता पनि सेयर गरेकी छिन् । यसमा रुस–युक्रेन युद्धको प्रारम्भिक चरणको कूटनीतिका बारेमा धेरै प्रकारका जानकारी दिइएको छ । बेनेटले अन्तर्वार्ताका क्रममा आफूले युद्धको शुरुका दिनमा पुटिनसँग सम्झौताको विषयमा भेट भएको बताएका छन् ।

यस क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सोधेका थिए– के तपाई जेलेन्स्कीलाई मार्न चाहनुहुन्छ ? जवाफमा पुटिनले भनेका थिए– हैन, म उसलाई मार्ने छैन । पुटिनले यसो भनिरहँदा बेनेटले उनलाई भने– त्यसोभए म बुझ्छु कि तपाईले मलाई जेलेन्स्कीलाई नमार्ने वाचा गर्दै हुनुहुन्छ । पुटिनले जवाफमा हो भने । बेनेटले पुटिनसँगको भेटपछि तुरुन्तै जेलेन्स्कीलाई फोन गरेर यसबारे जानकारी दिएको पनि बताए । बैठकबाट भर्खरै आएको हुँ, तिमीलाई मार्ने छैन भनेका छन् । जालेन्स्कीले सोधे के तपाई यो कुरामा ढुक्का हुनुहुन्छ? मैले भने, हो म १००% पक्का छु ।

बेनेटलाई इजरायलमा कट्टरपन्थी यहूदीको रूपमा चिनिन्छन् । यसबाहेक उनी केही ठूला टेक कम्पनीका मालिक पनि हुन् । उनि दुई वर्षसम्म प्रधानसेनापति पनि थिए । बेनेट २०२१ मा बेन्जामिन नेतान्याहुलाई अपदस्थ गरेर प्रधानमन्त्री पनि बनेका थिए । इजरायली पत्रिका ‘हारेट्ज’का स्तम्भकार एन्चेल फिफरले उनको बारेमा भनेका छन् बेनेट राष्ट्रवादी हुन् तर जिद्दी होइनन् । धार्मिक हुन, तर कट्टर हैन । रूस–युक्रेन युद्ध सुरु भएको एक महिना पछि, बेनेटले क्रेमलिनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन संकटको बारेमा छलफल गरेका थिए । रुस र युक्रेनबीचको द्वन्द्वमा मध्यस्थता गर्न रुसी आप्रवासीहरूको ठूलो जनसंख्या भएको इजरायलले प्रस्ताव गरेको थियो ।