इस्लामाबाद । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको आइतबार (फेब्रुअरी ५) दुबईको एक अस्पतालमा निधन भएको छ । ७९ वर्षीय परवेज मुशर्रफ गम्भीर रोगबाट गुज्रिरहेका थिए । पाकिस्तानको राजनीतिको इतिहास पढ्दा परवेज मुशर्रफको नाम क्यापिटल अक्षरमा देखिन्छ । परवेज मुशर्रफ सन् १९९९ मा पाकिस्तानमा भएको सैनिक विद्रोह र भारतसँगको कारगिल युद्धका लागि पनि चर्चित नाम हुन् ।
उनले पाकिस्तानको १० औं राष्ट्रपतिको रूपमा सत्तारूढ गठबन्धनबाट महाभियोगबाट बच्न सन् २००८ मा राजीनामा दिनुअघि झण्डै एक दशक शासन गरेका थिए ।
Add Comment