विविध

मैतीदेवी मन्दिर परिसरमा ठाउँ उपलब्ध गराएसँगै सडक पेटीबाट हटाइयो प्रहरी बिट 

काठमाडौँ । काठमाडौँ महानगर पालिकाले सडक पेटीबाट मैतीदेवी प्रहरी विट हटाएको छ । आज मध्यान्न महानगर प्रहरी बलले उक्त स्थानमा रहेको संरचना हटाएको हो । प्रहरी बिटका लागि मैतीदेवी मन्दिर परिसरमा स्थान उपलब्ध गराइएको छ । हामीले आपसी समन्वय र व्यवस्थापनका लागि गृहकार्य गरेर काम अगाडि बढाएका हौँ । वडाध्यक्ष कुश ढकाल भन्छन्, ‘चोक सुधार र सौन्दर्यका लागि प्रयास गरेकाहौँ ।’

सडक पेटीमा पैदल यात्रीलाई निर्वाध हिँड्न पाउने प्रबन्ध मिलाउन हामीले नेपाल प्रहरीसँग समन्वय गरेर संरचना हटाएका हौँ । महानगर प्रहरी बलका प्रमुखप्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार संरचना भित्र रहेका सामान सारेर खाली गराइएको हो ।