विविध

लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ एफको प्रथम राष्ट्रिय महाधिवेशन जनकपुर धाममा सम्पन्न

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुर धाममा १० र ११ गते लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ एफ को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । १० गतेबाट सुरु भएको उक्त सम्मेलन ११ गते मतदानपछि सकिएको हो । १० गते उदघाटन सत्र, वार्षिक प्रतिवेदन लगाएत लायन्स वर्ष २०२३/२४ का लागि उम्मेदवारहरुले विभिन्न प्रतिबद्धता जनाउँदै उम्मेदवारी दिएका थिए । उदघाटन सत्रका प्रमुख अतिथि नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव रहेका थिए भने उक्त सम्मेलनमा शिर्ष लायन्स लिडर लगायत राजनीतिक नेताहरुको पनि बाक्लो उपस्थित रहेको थियो ।

नेपालको प्रथम ऐतिहासिक महाधिवेशनबाट लायन्स बर्ष २०२३/ २०२४ का लागि डिस्ट्रीक्ट गभर्नर पदमा लायन्स शिब कुमार कटुवाल, प्रथम भाईस डिस्ट्रीक्ट गभर्नर पदमा लायन्स शंकर शारदा र द्वितिय भाईस डिस्ट्रीक्ट गभर्नर पदमा लायन्स केशर बहादुर भण्डारी निर्बाचित भएका छन् । डिस्ट्रीक्ट ३२५ एफको ऐतिहासिक प्रथम महाधिवेशनबाट निर्वाचित शिब कुमार कटुवालले विभिन्न सात बुँदे सामाजिक सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।

जसअनुसार, लायन्स स्कलरसिप प्रोग्राम, सामुदायिक स्कुलहरुमा विद्यार्थीहरुको आँखा, कान चेकजाँच कार्यक्रम, स्कुल ब्याग, पुस्तक, कापी,कलम र ड्रेस वितरण कार्यक्रम, लायन्स मेरो साथी कार्यक्रम, जहाँ आवश्यकता त्यहाँ लायन्स कार्यक्रम, खाद्यन्न वितरण,सुदृढ क्लब दीर्घजीवि सदस्य (आजीवन), मिलेर सेवा गरौं तथा जनतालाइ विविध सेवा सहित सात बुँदे कार्यक्रमलाई प्राथमिकता दिने बताएका छन् ।