विविध

सूचनाको हकअन्तर्गत उपलब्ध गराउनु पर्ने विवरण हामीले तोकिएको समय र माध्यमबाट उपलब्ध गराएका छौँ — सूचना अधिकारी 

काठमाडौँ । सार्वजनिक महत्व र जनचासोसँग सम्बन्धित काठमाडौँ महानगरपालिकाका सूचना र विवरणहरु एक बर्षमा ४ पटक सार्वजनिक गर्ने गरिएको छ । महानगरले सूचनाको हक अन्तर्गत उपलब्ध गराउनु पर्ने विवरण सार्वजनिक गरेको छैन, भन्ने गुनासो सम्बन्धी प्रश्नको उत्तरमा सूचना अधिकारी वसन्त आचार्य भन्छन्, ‘हरेक चौथो महिनाको १५ गतेभित्र अघिल्ला ३ महिनाको विवरण राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्छौँ । हाम्रो वेभ पेजमा सूचनाको हकसँग सम्बन्ध राख्ने विवरण सार्वजनिक गर्ने छुट्टै प्लेटफर्म पनि छ ।’

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र नियमावली २०६५ को नियम ३ लाई उधृत गर्दै आचार्य थप्छन्, ‘चालु आर्थिक बर्षमा हामीले कार्तिक र माघ महिनामा २ पटक विवरण सार्वजनिक गरिसकेका छौँ । बैशाख १५ गतेभित्र माघ, फागुन र चैत महिनाको विवरण प्रकाशन गर्ने तयारी गरेका छौँ ।’ महानगरमा निवेदन दिएर सूचना माग गर्नेहरुलाई रीत बमोजिम समयमा नै सूचना र विवरण उपलब्ध गराउने गरेका छौँ । आचार्य थप्दै भन्छन्, ‘सूचनाको हक सम्बन्धी ऐनबमोजिम नियमित रुपमा विवरण सार्वजनिक गर्ने काममा महानगरले दायित्व पूरा गरेको छ ।’अत्याचार सहन नसकेर नै केदार र चुढामणिले सो पार्टी छाडेका हुन् । लगत्तै मुकुन्दले पनि छाडे ।

मुकुन्दले नेकपा एकीकृत समाजवादी समाप्त हुने बिन्दुमा रहेको भन्दै छाडेको केही समयपछि सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो दलमा फरक मतमाथि छलफल हुन नसक्ने तथ्य स्वीकार गरेका छन् । मुकुन्द न्यौपानेको फरक मत छलफल गर्न लायक नै नरहेको भन्दै प्रवक्ता खतिवडाले माधवले जे भन्छन, त्यही निर्णय हुने आफ्नो पार्टीका परम्परा रहेको पोल समेत खोले ।

सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै खतिवडाले न्यौपानेको प्रस्ताव पार्टीकै विपरीत भएको जिकिर गरे । उनको प्रस्ताव गलत थियो । पार्टीको नीति र भावनाको विरुद्धमा थियो । हामीले पार्टी जुन कारणले स्थापना गरेका थियौँ त्यसको बर्खिलापमा थियो । त्यस कारण त्यो प्रस्ताव छलफल गर्न लायक नै थिएनन,’ खतिवडाको भनाई छ । नेकपा एमालेमा १५ बर्ष नेतृत्व गर्दा पनि माधवले फरक मतमाथि यसैगरी बुट चलाएका थिए ।