विविध

ज्वाइन हैण्ड्सको मोटो सहित डिष्ट्रिक्ट ३२५ एचका इलेक्टेड इनकमिङ्ग डिष्ट्रिक्ट गर्भनर लायन थापले गरे क्याबीनेटको घोषणा

काठमाडौं । लायन्स क्लब अफ अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एचको २०२३/०२४को लागि इलेक्टेड इनकमिङ्ग डिष्ट्रिक्ट गर्भनर लायन सम्भू बहादुर थापको कार्यकालका लागि डिष्ट्रिक्ट क्याबीनेट अफिसर्सको घोषणा बुद्धनगर स्थित क्वालेटी ब्याङ्केटमा एक समारोहबीच क्याबीनेट अफिसर्सको नामावली सार्वजनीक गरेको छ ।

डिष्ट्रिक्ट ३२५ एचको २०२३/०२४का डिष्ट्रिक्ट गभर्नन लायन सम्भू बहादुर थापको कार्यकालका लागि क्याबीनेट सेक्रेट्रीमा संजीव पाण्डे, टे«सरारामा लायन संगिता सिलवाल साथै जोन, रिजन एरिया लगायत विभिन्न पदकालागि लायन्स लिडरहरुको चयन गरिएको छ ।
इलेक्टेड इन कमिङ्ग डिष्ट्रिक्ट गर्भनर थापाले ज्वाइन हैण्ड्सको मोटो सहित लायन वर्ष २०२३/०२४ मा समाज सेवाका लागि कार्य गर्ने बताए । गर्भनर थापाका अनुसार लयन्सको कुनैपति कार्यक्रम या बैठकमा विगतका दिनहरुमा लायन्स लिडरहरुलई खादा र फुलमालाद्वारा गरिने स्वागत लायन वर्ष २०२३/०२४ मा भने नगरिने बताउदै खादा मालाहरुमा गरिने खर्च समाज सेवाको कार्यमा गरिने बताए ।

कार्यक्रममा २०२२/०२३ का वर्तमान गर्भनर लायन दिनेश प्रसाद श्रेष्ठ, पीएमसीसी लायन भरत ढुङ्गेल, पीडिजी लायन शिवराम प्रधान, विशेष अतिथिमा डिष्ट्रिक्ट ३२५ एफका इलेक्टेड इन कमिङ्ग डिष्ट्रिक्ट गर्भनर लायन शिव बहादुर कटुवाल, लायन मनोज सापकोटा लगायत विभिन्न क्लबका लायन्स लिडरहरुको उपस्थिि रहेको थियो । इलेक्टेड इन कमिङ्ग डिष्ट्रिक्ट गर्भनर थापाले कार्यक्रमा उपस्थित लायन्स लिडरहरुको स्वागत गरेका थिए भने लायन संजीव पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए ।