विविध

सर्विस फार हेल्प मोटो सहित डिष्ट्रिक्ट ३२५ एफका इलेक्टेड इनकमिङ्ग डिष्ट्रिक्ट गर्भनर लायन शिव बहादुर कटवालद्वारा क्याबीनेटको घोषणा

काठमाडौं । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ इलेक्टेड इनकमिङ्ग डिष्ट्रिक्ट गर्भनर लायन शिव बहादुर कटवालको कार्यकालका लागि क्याबीनेट सेक्रेट्रीमा लायन मनोज सापकोटा, ट्रेसररमा लायन भुवन नेपाल त्यस्तै जोन, रिजन, एरिया, कलष्टर लगायत विभिन्न लगभग एकसय पचास पद (विषयक) मा लायन्स लिडरहरुको चयन गरिएको छ । चयन भएका लायन पदाधिकारीहरुलाई अग्रज लायन लिडरहरुले खादा लगाउदै बधाइ दिएका थिए ।

डिष्ट्रिक्ट ३२५ एफको २०२३/२०२४ का इलेक्टेड इनकमिङ्ग डिष्ट्रिक्ट गर्भनर लायन शिव बहादुर कटवालको कार्यकालका लागि क्याबीनेट अफिसर्सको घोषणा चावहील स्थित दियो पार्टी प्यालेसमा एक वृहत्तसमारोहमा नामावली सार्वजनीक गरिएको हो ।

 

कार्यक्रममा २०२२/२०२३ का वर्तमान गर्भनर लायन राजेन्द्र गिरी, जीएलटी एरिया को–अर्डिनेटर तथा पीडिजी लायन सम्भू प्रसाद घिमिरे, लायन वर्ष २०२३/२०२३ का लागि फस्ट भीडिजी लायन शंकर सारदा, सेकेण्ड भीडिजी लायन केशर बहादुर भण्डारी, पीडिजी लायन रुद्रहरी ज्ञावली, पीडिजी लायन मधुकरकुमार उपाध्याय, पीडिजी लायन हरिशंकर निरौला, क्यबीनेट ट्रेसरर लायन भुवन नेपाल लायन प्रणिता शर्मा बरल, लायन कृष्ण्ज्योती शाक्य, राजन थाप, लायन इन्द्र बहदुर कार्की, लायन लक्ष्मी महत त्यस्तै आमन्त्रीत अतिथिमा डिष्ट्रिक्ट ३२५ एचका इलेक्टेड इनकमिङ्ग डिष्ट्रिक्ट गर्भनर लायन सम्भू बहादुर थापा, डिष्ट्रिक्ट क्याबीनेट सेक्रेट्री लायन संजीव पाण्डे, डिष्ट्रिक्ट ट्रेसरर लायन संगिता सिलवाल लगायत डिष्ट्रिक्ट ३२५ एफ अन्र्तगत कल्बका विभिन्न लायन्स लिडरहरुको उपस्थिति रहेको थियो ।

लायन शिव बहादुर कटवालले कार्यक्रमा उपस्थित भएका लायन्स लिडरहरुलाई स्वागत गरेका थिए भने डिष्ट्रिक्ट क्याबीनेट सेक्रेट्र लायन मनोज सापकोटले कार्यक्रम सञ्चालन गरेका थिए । हाल डिष्ट्रिक्ट ३२५ एफमा १०९ र दश नय क्लबहरुगरि जम्मा ११९ लायन्स क्लब र १९ वटा लीयो क्लब रहेका छन् ।