विविध

त्रिविबाट सम्बन्धन प्राप्त गरी सञ्चालन भईनवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालन भई नवीकरण नगर्ने क्याम्पसलाई कारबाही हुने भएको छ ।
विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटकपटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो । नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको भनाइ छ ।

विश्वविद्यालयले कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डिनको कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ । यसअघि त्रिविले ०७९ पुस २० गते र चैत २८ गते नवीकरणका लागि सूचना प्रकाशित गरेको थियो ।