विविध

करोडौं रकम ठगी गरेर एक दम्पती फरार

बुटवल । बुटवलबाट एक दम्पतीले सर्वसाधारणसँग करोडौं रकम ठगी गरेर फरार भएका छन् । गोरखा ताक्लुङ् स्थाइ घर भएका ४० बर्षका छविलाल राना र उनकी श्रीमती बर्ष ३९ की जगमाया रानाले आकर्षक ब्याजको प्रलोभन देखिएर बुटवलका दर्जनौं मानिससँग १ करोड रुपैयाँ भन्दा बढि रकम ठगेर फरार भएका हुन ।

बुटवलमा रहेका आफन्त, साथीभाइसँग विभिन्न कामको लागि भन्दै करोडौं रकम जम्मागरेर राना दम्पती फरार भएका हुन् । फरार रहेका राना दम्पतीलाई यथाशीघ्र पक्राउ गरी कारबाहीको माग गर्दै पीडितले सञ्चारकर्मी गुहारेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै पीडितले न्याय पाउन धेरै ठाउँ धाए पनि कसैले सुनुवाइ नगरेको गुनासो गरेका छन् ।

ठगी गर्ने राना दम्पतीले सुरुसुरुमा आफ्नो समस्या देखाइ समाधान गर्न लगाउने र केही व्यक्तीलाई बैंक रकम नभएको (बाउन्स चेक) समेत दिएका छन् । सुरुमा १–२ लाख माग्ने र केही दिनपछि यति अरु दिएपछि मात्र पैसा आउने र दिने बहाना बनाउदै पैसा असुल्ने पीडितहरूको भनाइ छ ।

राना दम्पतीले घरजग्गा खरिद गर्ने, व्यापार व्यवसाय गर्र्नेे,आपत् प¥यो भनि बुटवल उपमहानगरपालिका–८, सुख्खानगर बस्ने कल्पना ढकाल सँग ४० लाख, सैनामैना–९, बाँसगढी बस्ने सुनिता क्षेत्री सँग ३८ लाख, बुटवल उपमहानगरपालिका–१२ नयाँगाँउ बस्ने कोपिला कंडेल सँग २५ लाख रकम सापटी लिएका, मिना शर्मा सँग २ तोला सुन लिएको पीडितहरूले बताएका छन । राना दम्पतीेले आफ्नो पीडा देखाएर कोहीसँग सापटी, कोहीसँग ब्याजमा गरी सिलसिलेबार ढंगबाट रकम उठाउँदै धेरैजनालाई ठगी गरेका छन् । राना दम्पतीले करोडौं रकम उठाएर फरार भएपछि पीडित व्यक्तिहरू न्यायको खोजीमा भौंतारिरहेका छन् ।