योग प्रशिक्षणका लागि प्रशिक्षक तालिम सुरु : स्वस्थ्य जीवनका लागि टोल टोलमा आरोग्य नागरिक समूहमार्फत योग प्रशिक्षण गराइने

योग प्रशिक्षणका लागि प्रशिक्षक तालिम सुरु : स्वस्थ्य जीवनका लागि टोल टोलमा आरोग्य नागरिक समूहमार्फत योग प्रशिक्षण गराइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि योग प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको छ । चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएका ‘महानगर : स्वर्णिम योजना’ अन्तर्गत स्वास्थ्य विभागले कार्यान्वयनमा ल्याएको ‘आरोग्य जीवन कार्यक्रम’ अन्तर्गत वडावडामा, टोलटोलमा योग कक्षा सञ्चालन गर्ने प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण थालिएको हो । कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीकाअनुसार एक समूहमा ३० जना राखेर प्रशिक्षण प्रदान गरिनेछ । यसरी ३ सय जना प्रशिक्षक उत्पादन गर्ने लक्ष्य छ ।

अस्वस्थकर खानपान (जाँड रक्सी सेवन, चुरोट, खैनीको कुलत) निष्क्रिय जीवनशैली (शारीरिक व्यायामको कमी) जस्ता कारण दीर्घ र नसर्ने रोगको सामना गरिरहनु परेको छ । यो अवस्थामा सुधार ल्याएर सहरी स्वस्थ्य जीवनशैलीका लागि योग कक्षामार्फत प्रवर्धनात्मक, निरोगात्मक, सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्ने कार्यक्रमको उद्देश्य रहेको ओलीको भनाइ छ । आनन्दमय जीवन जिउने कलाका लागि यौगिक परामर्श, कर्म फल विनाको सेवा, आसन, प्राणायाम, ध्यान, स्वस्थ्यकर भोजन, तनाव व्यवस्थापन क्रियाकलाप बढाउन आवश्यक छ । कार्यक्रमले यो आवश्यकता पूरा गराउने लक्ष्य राखिएको छ ।

योग प्रशिक्षक डा. बिनोद घिमिरेका अनुसार जीवनशैलीका कारण सिर्जना हुने मधुमेह, उच्च रक्तचाप, क्यान्सर, हृदयाघात, मस्तिष्कघात, अम्लपित्त, क्यान्सर, मिर्गौलाको खराबी, दम, माइग्रेन, चिन्ता, डिप्रेसन, ढाड दुख्ने, उच्च बोसोपन, मोटोपना जस्ता रोग निवारणका लागि योग लाभदायक हुने प्रमाणित भएको छ । उनि थप्दै भन्छन्, ‘योग गरेर अन्य औषधि छुटाउँछु भन्नु र योगको कुनै लाभ छैन भन्नु दुवै अनभित्रता हुन् ।’ योगलाई विधिपूर्वक गर्नु पर्छ । जसले पनि योग गर्न मिल्छ, भन्नु हुँदैन । उनिले सुझाव दिँदै भने, ‘व्यक्तिमा भएको शारीरिक तथा मानसिक अवस्थाको परीक्षण गरेर त्यसअनुरुप योग गराउनु पर्छ । लााभ हुन्छ ।’

योग प्रशिक्षक डा. सुमन विष्टका अनुसार
योग चिकित्सा मुख्य रूपमा शरीर तथा मनका विभिन्न अभ्यासबाट विश्रामको गहिरो अवस्थामा पुर्याउने चिकित्सा हो।यसबाट हामीभित्र भएका संस्कार तथा विभिन्न नसर्ने रोगहरू व्यवस्थापन गर्न सकिन्छ । योगले सन्तुलित जीवन जिउन सिकाउनुका साथै रोगलाई निको पार्न सहयोग गर्दछ्र योग अभ्यासले क्यान्सर, मधुमेह, माइग्रेन, बाथ रोग, उच्च रक्तचाप, उच्च कोलेश्टेरोल, दम, ढाड दुख्ने, मानसिक तनाव, डिप्रशन, सिजोफ्रेनिया, मोटोपन, अम्लपित्त, कब्जियत जस्ता नसर्ने रोग रोक्न तथा भइसकेपछि निर्मूल पार्न सहयोग गर्दछ ।

योग शब्दको अर्थ जोड्नु हुन्छ । आत्माको पर आत्मासँगको मेल वा जोडलाई योग भनिन्छ । योगले मानवीय चेतनाको अधिकतम विकास गरी सम्पूर्ण जगत्को रहस्य सिकाउँदै आनन्दको उच्चतम अनुभूति गराउँछ । मनको प्रशमन गर्ने उपाय नै योग हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वस्थ हुनु हो । यो सबैको प्राप्तिको आधार नै योग हो ।

योग अभ्यासले सबै रोग तथा चोटपटकमा प्रतिरक्षा प्रणाली लाई मजबुत बनाई रोगसँग लड्न सहयोग गर्नुका साथै भविष्यमा रोग हुन्बाट समेत बचाउँछ । अहिले नेपालमा योग लाई चिकित्सीय रुपमा प्रयोग गर्ने प्रयास भैरहेका छन् विभिन्न योग प्रशिशक तथा स्वास्थ्यकर्मीहरुले नसर्ने रोगमा योगको प्रयोग गर्न सुरुवात गर्न पनि खोज्नु भएको छ । हाम्रो समाजमा योग केहि पनि होइन भन्ने र रोग ले सबै ठिक गर्छ भन्ने दुवै थरी जमात पनि छन् । यी दुवै विचार बाट मुक्त भएर यसको प्रयोग उपयुक्त ज्ञानका साथ गर्नु जरुरी छ ।  योगले कुन अवस्थामा कसरी काम गर्छ भन्ने कुराहरुको धेरै अध्ययन पनि भएका छन् र अरु थप अनुसन्धान हुने क्रममा पनि छन् यी अध्ययन तथा हाम्रा पूर्वीय शास्त्रका सन्दर्भहरुलाई एक साथ मिलाएर योगको अझै अगाडी प्रयोग गर्नु पर्ने आवश्यकता पनि छन् ।

नसर्ने रोगको रोकथाम तथा व्वस्थापन गर्नका व्यक्ति आफै सचेत र क्रियाशील हुनु पर्दछन् । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्ने नदिनु बेश हुन्छ भन्ने कुरालाई सिरोधार्य गर्दै काठमाडौँ महानगरपालिकाले नगरबासीलाई योगमा आधारित स्वस्थकर जीवनशैली व्यवस्थापन गर्ने हेतुले हरेक वडा वडामा प्रशिक्षक निर्माण गर्ने उद्देश्य लिएको छन् । यसका लागि वडा वडामा योग प्रशिक्षक निर्माण गरी टोल टोलमा आरोग्य नागरिक समूह मार्फत योग प्रशिक्षकहरुको क्षमता विकास तालिम गरी परिचालन गर्ने कार्यक्रमलाई संचालन गर्दै छन् । योग तथा स्वस्थकर जीवनशैली संग सम्बन्धित विज्ञको सामुहिक छलफल गरी आवश्यक विषयवस्तुको निक्र्यौल र तालिमको प्रारूप निर्धारण भैसकेको छन् । तालिम पूर्व र पश्चात सहभागीको क्षमता परिक्षण (pre-post test ) समेत गरिने छन् । वडा वडामा योग प्रशिक्षक निर्माण गरी टोल टोलमा आरोग्य नागरिक समूह मार्फत योग प्रशिक्षकहरुको क्षमता विकास तालिम गरी परिचालन गर्न निम्न विषयवस्तु समेटी पाँच दिनको सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सहितको तालिम संचालन गरिने छ :

१ योग चिकित्साको अवधारणा
१ मधुमेहको व्यवथापनमा योग
१ मोटोपनको व्यवस्थापनमा योग
१ मुटु रोगमा योग
१ उच्च रक्तचापमा योग
१ मुटुरोगमा योग
१ श्वासप्रश्वास रोगमा योग
१ तनाव व्यवस्थापनमा योग
१ मानसिक रोगमा योग
१ ढाड दुखाइमा योग
१ घुँडा दुखाईमा योग

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply