विविध

भण्डारी सेवा समाज रामेछापको ऐतिहासिक भेला सम्पन्न

काठमाडौँ, साउन १९ । भण्डारी सेवा समाज नेपाल रघुबङ्शी कौशिक गोत्रीय रामेछाप जिल्लाको ऐतिहाशिक प्रथम सम्मेलन सम्पन्न भएको छ । भण्डारी सेवा समाज नेपाल रघुबंशी कौशिक गोत्रीय बाग्मती प्रदेश समिति उपाध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा काठमाडौँमा आयोजित एक बिशेष कार्यक्रमका बीच सो सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले सर्बसम्म्त रुपमा हेम (रमेश ) भण्डारीलाई अध्यक्षमा चयन गरेको छ ।

समाजका केन्द्रीय अध्यक्ष वीर बहादुर भण्डारी, विशेष प्रमुख संरक्षक जीवन कुमार भण्डारी, संरक्षक निवर्तमान अध्यक्ष केशर बहादुर भण्डारी (अर्जुन), वरिष्ठ उपाध्यक्ष राम कुमार भण्डारी, उपाध्यक्ष तथा बागमती प्रदेश र तराइ मधेश प्रदेस इन्चार्ज कुमार भण्डारी, महासचिव राधाकृष्ण भण्डारी, उपमहासचिव बद्री कुमार भण्डारी, सचिव रोज कुमार भण्डारी, निवर्तमान महासचिव माधव भण्डारी, बरिस्ठ सदस्य थिर बहादुर भण्डारी, कृष्ण भण्डारी, रामकाजी भण्डारी केन्द्रीय सदस्य राम भण्डारी (निरेश), नरबहादुर भण्डारी, रबिन भण्डारी, डम्बर भण्डारी, टिकाध्वज भण्डारी, बिमला भण्डारी, ओमजङ्ग भण्डारी, रमेश काजी भण्डारी र बाग्मती प्रदेस समिती अध्यक्ष दिलिप भण्डारी तराइ मधेश प्रदेस प्रदेस अध्यक्ष बिक्रम भण्डारी लगायतकाको उपस्थिति थियो ।

३८ सदस्यीय कार्यसमिति चयन गर्नुका साथै रबिन्द्रनाथ भण्डारीको संयोजकत्वमा २७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सम्मेलनमा रामेछापको भदौरे, पिङखुरी, बेथान , सिम , गोगने, मझुवा, बेशिटोल भुत्तेखोला, बेताली, रस्नालु, गोठगाउ, दुरागाउ सैपु, प्रीती, मन्थली लगायतका ठाउँबाट भण्डारी बन्धुहरु उपस्थित भएका थिए । कार्यक्रममा समाजका उपाध्यक्ष बागमती र मधेस प्रदेश का इन्चार्ज कुमार भण्डारीले समयोजन गरेका थिए ।