अन्तराष्ट्रिय

बंगलादेशको संसद भंग, हसिना समर्थक जनरल बर्खास्त, खालिदा जिया जेलबाट रिहा

नयाँ दिल्ली, साउन २२ । बंगलादेशमा आरक्षणलाई लिएर भएको हंगामाले प्रधानमन्त्री शेख हसिनाको कुर्सी खोशिउसँगै भागेर भारतमा शरण लिनु परेको छ । उनले बंगलादेश छोड्नेबित्तिकै सिंगो देशमा ठूलै हंगामा मच्चिएको थियो ।

शेख हसिना भारत भागेर सोमबार भारत पुगेकी हुन् र केही समय यहाँ शरण लिन सक्नेछन् । रिपोर्टका अनुसार उनी पछि यहाँबाट लन्डन जान सक्नेछन् । प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशको सुरक्षा र अवस्थाबारे छलफल गरेका छन् । राष्ट्रसंघका महासचिवले लोकतान्त्रिक माध्यमबाट सत्ता परिवर्तनको कुरा गरेका छन् ।

यसअघि बंगलादेशका राष्ट्रपतिले खालिदा जियालाई रिहा गर्न आदेश दिएका थिए । खालिदा जिया बंगलादेशको प्रमुख विपक्षी दल बीएनपीकी नेतृ हुन् । उनी भारत विरोधी र पाकिस्तान समर्थक नीतिका लागि परिचित छन् ।

बंगलादेशमा हिंसा रोकिएको छैन । कट्टरपन्थी भीडले २७ जिल्लामा हिन्दूहरूको घर र व्यवसायलाई व्यापक रूपमा निशाना बनाएका छन् । भीडमा भएका मानिसहरूले व्यापक लुटपाट गरेका छन् । ओकिया परिषद्का मोहिन्दर कुमारले हिन्दूलाई कुटपिट नगरेको वा व्यवसाय लुटिए नगरिएको कुनै क्षेत्र वा जिल्ला नरहेको बताए ।

समाचारका अनुसार बंगलादेशका नोबेल पुरस्कार विजेता मोहम्मद युनुस देशको अन्तरिम प्रधानमन्त्री बन्न सक्नेछन् । शेख हसिनाको विरोध गरिरहेका विद्यार्थीहरूले मोहम्मद युनुसको नामलाई समर्थन गरेको बताइएको छ । शेख हसिना र युनुसबीच निकै तनाव थियो । अब युनुसबाट देशलाई स्थायित्वतर्फ लैजान सक्ने अपेक्षा गरिएको छ ।