विचार-अन्तर्वार्ता

कावा अध्यक्षको राजीनामा : क्रियाशिल पत्रकारहरुले औंल्याउदै खबरदारी गर्दै उठान गरेका विषय जायज थिए भन्ने पुष्टि गर्छ

क्रियाशिल पत्रकारहरुको साझा मोर्चाले सिण्डिकेटको विषयमा पटक–पटक खबरदारी गर्दै आएको हो । राजनीतिक दलसँग आवद्ध पत्रकार संगठन कै कारण पत्रकारहरुको साझा मन्दिर महासंघको गरिमा र उसको अस्तित्वमा नै ठूलो आँच निम्तिएको छ । समयमै सचेत बनौ र महासंघको गरिमा र अस्तित्वलाई जोगाउदै साँच्चिकै पत्रकारहरुको साझा घर बनाऔं भन्दै क्रियाशिल पत्रकारहरुको साझा मोर्चा बाम्बार खबरदारी गरेको सर्व वितितै छ ।

क्रियाशिल पत्रकारहरुको मोर्चाले न त प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर न कुनै आस्थाको न कुै बिचारको विरोध गरेको छ । कुनै आस्था कुनै पनि बिचारको बिरोध गरेको छैन र मोर्चा कुनैको बिरोधि पनि होईन । तर, सिण्डिकेटले क्रियाशिल पत्रकारहरुको साझा मोर्चालाई मुठ्ठिभर असंतोषिहरुको जमातको संज्ञामा देखे । स्मरण होस जुन जुन कुरा या विषय क्रियाशिल पत्रकारहरुले औंल्याउदै खबरदारी गर्दै आएका थिए आज अध्यक्ष विपुल पोखरेलको राजीनामा त्यसपछि कार्यवाहक सम्हालेका कावा अध्यक्ष रमेश विष्टले दिनुपरेको राजिनामा यी दुबैले दिएको राजीनामाले क्रियाशिल पत्रकारहरुको मोर्चाले उठान गरेका विषय जायज थिए र हुन भन्ने पुष्टि गर्छ ।

साथै कावा अध्यक्षले नेपाल पत्रकार महासंघ कार्य समितिको नामलाई संबोधन गदै दिएको राजीनामामा स्पष्ट रुपले भनेका छन् उनकै शब्दमा ‘तेस्रो पटकसम्म महासंघको निर्वाचन मिति तोकिसक्दा पनि निर्वाचन हुन नसक्ने स्थिति उत्पन्न हुनुमा राजनीतिक दलमा आवद्ध पत्रकार संगठनले महासंघको विधि, विधानर संरचना समेत लत्याएर पत्रकारितासँग सायनो समेत नभएका करिब साढे चार सय व्यक्तिहरुलाई सदस्यका रुपमा थप्न वाध्य पार्नु नाङ्गो हस्तक्षेपको नमुना हो । साथै विधान अनुसार महासंघको सदस्यता फार्म नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका ती साढे चार सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरुले प्रश्न उठाएपछि संगठनहरुले त्यसको उत्तर दिन र जिम्मेवारी लिन नसक्दा यहि असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने भएको हो’ । स्पष्ट रुपमा महासंघ भित्र आ–आफ्नो संगठनको स्वार्थ पुरा गर्नमा विगत केही दिन देखि निरन्तर महासंघलाई प्रहार गरेर कमजो बनाउने कार्य भईरहेको भन्दै कार्यवाहक अध्यक्ष रमेश विष्टले दिएको उनको राजिनामामा उल्लेख गरेका छन् ।

स्वाभाविक रुपमा नेपाल पत्रकार महासंघको निर्वाचन समयमा गर्न नसक्नु त्यस्तै सदस्यता सुद्धिकरण र नया सदस्य थपगर्ने विषयमा उब्जियको विवादका साथै महासंघमा देखिएको अन्यौलताको जिम्मेवारी अध्यक्ष, अध्यक्षले राजीनामा दिएपछि कावा अध्यक्षले मात्र होईन महासचिव लगायत सम्पूर्ण पदाधिकारी, सम्पूर्ण कार्यसमिति सबैको हो र सबैले जिम्मेवारी लिनु पर्दछ । तसर्थ अत्यन्तै चुलिदै गएको महासंघको अन्यौलताको जिम्मेवारी लिदै महासचिव लगायत सम्पूर्ण पदधिकारी, सम्पूर्ण कार्यसमिति सबैले माफि माग्दै राजीनामा दिएर महासंघको अन्यौतालाई निराकरण गर्नका लागि सिण्डिकेट बाहेक देशै भरीका क्रियाशिल पत्रकारहरुलाई अनुरोध गर्नु पर्दछ । साथै क्रियाशिल पत्रकारहरू कै नेतृत्वमा तदर्थ कमिटी गठन गरि सदस्यता टुंग्याउने जिम्मेवारी समेत दिनु पर्छ , अनि मात्र महासंघको गरिमा जोगिने देखिन्छ ।

साथै पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनको अवधि चैतमा नै सकिएता पनि भाद्रसम्म निर्वाचन गराउन नसक्नु, सदस्ता शुद्धिकरण र नया सदस्यताको विषयलाई लिएर महासंघमा राजनीति खेल हुनु सिगों महासंधमा निर्वाचित भएर गएकाहरुको नियत, उनको राजनीति स्वार्थलाई नाङ्गो रुपमा छर्लङ्गै पारेको छ ।