अन्तराष्ट्रिय

राष्ट्रसंघको कालोसूचीमा परेका विश्वका ६ ठूला र शक्तिशाली तानाशाह

काठमाडौं, असोज २९ । संसारमा तानाशाहको कमी छैन । यदि एक खोज्ने हो भने धेरै पाईन्छन् । यसको मुख्य कारण भनेको सञ्चारका साधनको विस्तार हो । यसबाट हामी विश्वमा के भइरहेको छ थाहा पाउन सक्छौं । यति हुँदाहुँदै पनि सबै सत्ता आफ्नो हातमा केन्द्रित गरेर तानाशाह बन्न नडराउने यस्ता राष्ट्रप्रमुखहरूको बारेमा जानि राखौ ।

तानाशाह भन्ने शब्द सुन्ने बित्तिकै हाम्रो मनमा हिंस्रक र क्रूर शासकको छवि बन्ने गर्छ । तर, आजका तानाशाहहरू पुरानो समयका जत्तिकै निर्दयी र भयानक हुनुपर्छ भन्ने छैन । आजका तानाशाहहरूले आफ्नो देशका जनतामाथि शासन गर्छन् र लोकतन्त्रको सम्मान गर्दैनन्। जानौँ यस्ता केही तानाशाहको बारेमा : संक्षिप्तमा ।

१. इसाईस अफेवेर्की– इरिट्रिया के राष्ट्रपति


अफ्रिकी देश इरिट्रियाका राष्ट्रपति इसियास अफेवेर्कीलाई विश्वको सबैभन्दा ठूलो तानाशाह मानिन्छ । इसाईस अफेवेर्की को तानाशाही पूर्णतया डर र क्रूरता मा आधारित छ । संसारभरका पत्रकारहरू सहमत छन् कि इरिट्रिया उत्तर कोरिया भन्दा खराब छ । इसाईस अफेवेर्की लगभग हरेक पुरुष वा महिलालाई देशको सेनाको हिस्सा बन्न बाध्य पार्छ । इरिट्रियाका राष्ट्रपति इसियास अफेवेर्कीलाई संयुक्त राष्ट्र संघले व्यक्तिगत रूपमा दमन, यातना, बेपत्ता वा क्रूरता र जबरजस्ती सैन्य सेवाको लागि मानवता विरुद्धको अपराधको आरोप लगाएको छ ।

२. किम जोंग उन – सर्वोच्च नेता र उत्तर कोरिया को मार्शल


किम जोङ उन उत्तर कोरियाको वंशानुगत राष्ट्रपति र कमाण्डर–इन–चीफ हुन्। उत्तर कोरियामा चुनाव हुँदैन । राष्ट्रपति विरासतका आधारमा निर्वाचित हुन्छ । किम जोङ उन डर पैदा गरेर देशमा शासन गर्छन्। रिपोर्टर्स विदाउट बोर्डर्सको वार्षिक रैंकिंगमा अभिव्यक्ति स्वतन्त्रतामा उत्तर कोरिया अन्तिम स्थानमा छ । यो देशमा अभिव्यक्ति स्वतन्त्रता छैन, राज्यको मिडिया मात्र छ । उत्तर कोरियामा सार्वजनिक इन्टरनेट पहुँच छैन – केवल सरकारी अधिकारीहरूले यसलाई प्रयोग गर्ने विशेषाधिकार छ ।

३– क्युबाका वर्तमान र पूर्व राष्ट्रपतिहरू


फिडेल क्यास्ट्रो, राउल क्यास्ट्रो क्युबाका पूर्व राष्ट्रपति हुन् भने मिगुएल डियाज हालका राष्ट्रपति हुन् । यी तीनैमाथि तानाशाही ढंगले देश चलाएको आरोप लागेको छ । क्यास्ट्रो भाइहरू कम्युनिष्ट क्रान्तिको शुरुवातदेखि नै क्युवाका राष्ट्रपति र शासक थिए । आफ्नो शासनकालमा उनले सयौं पत्रकार, असन्तुष्ट र नागरिकलाई सताए, जेल हाले र मारेका थिए। तीन नेताहरूले क्युबालाई यस्तो गहिरो मन्दीमा धकेलेका छन् कि देशको जीवनस्तर ५० वर्षदेखि स्वीकार्य न्यूनतमभन्दा तल रहेको छ । क्युबाका राष्ट्रपतिले कुनै पनि विद्रोह, असहमति, वा स्वतन्त्र इच्छा व्यक्त गर्ने प्रयासलाई दबाउन सैन्य बल प्रयोग गर्छन् ।

४. बशर अल–असद, सिरियाका राष्ट्रपति


बशर अल–असद सिरियाका राष्ट्रपति हुन्। असद २०२१ मा राष्ट्रपतिको रूपमा पुनः निर्वाचित भए र २१ वर्षसम्म सिरियामा शासन गरे । बशर अल–असद पेशाले डाक्टर हुन्, जसले दमास्कस विश्वविद्यालयबाट स्नातक गरेका छन् । डाक्टर भएर पनि उनले देशलाई गृहयुद्धमा धकेलिन् । असद सेना र हतियारको सहयोगमा आफ्ना विरुद्ध उठेका आवाजलाई दबाउनका लागि पनि कुख्यात छन् । उनको शासनकालमा दर्जनौं विपक्षी पत्रकार र नेताहरुको हत्या भएको थियो । २०१६ मा, असदलाई आफ्नै नागरिकहरूमा रासायनिक आक्रमण गरेको आरोप लगाइएको थियो ।

५. भ्लादिमिर पुटिन – रूस के राष्ट्रपति


रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पश्चिमी देशहरूले बनाएको तानाशाहको सूचीमा पाँचौं स्थानमा छन् । पुटिनमाथि रुसी नागरिकको स्वतन्त्रतालाई बढावा दिन नचाहेको आरोप लगाइएको छ । पुटिनलाई आलोचना, विरोध वा कुनै पनि प्रकारको स्वतन्त्र पत्रकारिता मन पर्दैन । उनले बल प्रयोग गरेर आफ्नो विरुद्धमा उठेका आवाजहरूलाई दबाइदिन्छन् ।-स्रोत : राष्ट्रिय अन्र्तराष्ट्रि मिडिया तथा गुगलको माध्यमबाट