पाकिस्तान, (तल्लो कुर्रम) मंसिर ७ । पाकिस्तानको तल्लो कुर्रममा आतंककारीहरूले यात्रुले भरिएको गाडीमाथि हमला गरेका छन् । अन्धाधुन्ध गोलीबारीमा ४० जनाको मृत्यु भएको छ । २५ जनाभन्दा बढी घाइते भएका छन् । यसमा धेरै महिलासँगै एक प्रहरी अधिकारी पनि रहेका थिए । उक्त गाडी पाराचिनारबाट पेशावरतर्फ गइरहेको बताइएको थियो । आतंककारीहरूले उचाट क्षेत्रमा हमला गरेका थिए ।
९ घाइतेहरुको मण्डोरी अस्पतालमा उपचार भइरहेको बताइएको छ । यस हमलालाई लिएर पाकिस्तानी मन्त्री मोहसिन नकवीको बयान आएको छ । उनले यो आक्रमण निकै दुखद भएको बताएका छन् । उनले भने जीवन र सम्पत्तिको क्षतिबाट हामी गहिरो दुःखी छौं । आतंककारीहरूले कायरतापूर्ण कार्य गरेका छन्। यो आक्रमण गर्नेलाई सरकारले छाड्ने छैन भन्ने हाम्रो प्रतिज्ञा छ ।
तल्लो कुर्रम आतंकवादी हमलाका केही प्रत्यक्षदर्शीहरू अगाडि आएका छन्, जसले हृदय विदारक कथा सुनाएका छन् । जसका कारण सवारीसाधनमा सवारहरुले आफुलाई सम्हलने मौका समेत पाएका थिएनन् । मानिसहरूले केही बुझ्नुअघि नै लाशम परिणित सुरु भइसकेका थिए ।
समाचारका अनुसार उक्त गाडीमा अधिकांश यात्रु शिया मुस्लिम रहेको बताइएको छ । यो आक्रमण भएको कुर्रम जिल्लामा हालैका महिनाहरूमा बहुसंख्यक सुन्नी र अल्पसंख्यक शिया मुस्लिमहरूबीच झडपका थुप्रै घटनाहरू भएका छन् । जसमा दर्जनौं मानिस मारिएका छन् । एक प्रहरी अधिकारीले यात्रु बोकेर खैबर पख्तुनख्वाको राजधानी पेशावरतर्फ गइरहेका धेरै गाडीहरु रहेको बताए । यसै क्रममा आतंककारीहरुले आक्रमण गरेका थिए ।
Add Comment