विविध

पत्रकार भनेको सरकार र आम जनता बीचको पुल हो – डा.गौरीशंकरलाल दास

काठमाडौं, मंसिर ९ । कायस्थ पत्रकार समाज नेपालको पहिलो सम्मेलन काठमाडौंमा सम्पन्न भएको । सम्मेलनको प्रमुख अतिथिका रूपमा राजपरिवारका चिकित्सक तथा नेपालको सर्वोच्च सम्मानबाट सम्मानित १०१ वर्षीय ईश्वरीय शताब्दीका डा गौरीशंकरलाल दास रहेका थिए भने कार्यक्रको अध्यक्षता वरिष्ठ पत्रकार धर्मेन्द कुमार कर्णले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. दासले पत्रकार समुदाय आफैं प्रजातन्त्रको चौकीदार भएको बतादै पत्रकारले सरकार र जनताबीच पुलको काम गर्छ । आफ्नो कलमले सधैँ साहसपूर्वक सत्य लेख्न समेत आग्रह गरेका थिए । कार्यक्रममा नेपाल सर्वोच्च अदालतका पूर्व न्यायाधीश माननीय गिरीशचन्द्र लाल, नेपाल कायस्थ महासंघका अध्यक्ष एवं उच्च अदालतका पूर्वन्यायाधीश सम्माननीय लोकेन्द्र मल्लिक, पूर्व सांसद वृषेशचन्द्र लाल आदिले शुभकामना व्यक्त गर्दै समाजका सचेत चौकीदार भएर पत्रकारले आफ्नो दायित्व निर्वाह गर्न अगाडि बढ्नुपर्ने बताए ।
आफ्नो सम्बोधनमा पटनाबाट आएका मनोजलाल दास मनुले पत्रकार भनेको कुनै पनि राष्ट्रका सरकार, समाज, राजनीतिज्ञ र जनताको ऐना हुने बताए । साथै भने निडर भएर सत्य प्रकट गर्नेलाई पत्रकार भनिन्छ । पत्रकारको लेखनविना कुनै पनि आन्दोलन सफल हुन नसकेको उदाहरण आज धेरै देशको बताए ।

भिलाईबाट आएका नाट्य कलाकार राजेन्द्र कर्णले पत्रकारीता लोकतन्त्रको चौथो खम्बा भएकाले पत्रकारको भूमिका सर्वोपरि हुने बताए । समाजमा व्याप्त भ्रष्टाचारलाई आफ्नो लेखनबाट उजागर गरी जनतालाई नयाँ बाटो देखाउन पत्रकारहरु अगाडि आउनुपर्ने बताए । सम्मेलनमा दिल्लीबाट आएका पत्रकार अजित सिंहले कायस्थको इतिहासबारे जानकारी दिँदै आफ्नो थर हटाएर कायस्थ राख्न आग्रह गरेका थिए । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाल अधिकारीले पत्रकारले स्वतन्त्र रूपमा कलम चलाउनबाट कदापि चुक्न नहुने बताईन ।

कायस्थ पत्रकार समाजका संयोजक प्रवीण चौधरीले कार्यक्रमको सञ्चालन गरेका थिए । सम्मेलनमा नेपालका विभिन्न स्थानबाट आएका करिब एक सय पत्रकार तथा साहित्यकारहरुको सक्रिय भूमिका रहेको थियो । सम्मेलनको बन्द सत्रमा प्रवीण चौधरी कायस्थ अध्यक्ष र शिल्पा कर्ण महासचिवमा निर्वाचित भएका छन् भने जितेन्द्र श्रीवास्तव उपाध्यक्ष, अशोक श्रीवास्तव सचिव, कोषाध्यक्षमा सुस्मिता लाल र सदस्यमा सन्तोषकुमार लाल कर्ण, राजभूषण श्रीवास्तव, अनिल वर्मा, सरिता कुमारी श्रीवास्तव, सन्तोष कुमार चयन सहित ११ सदस्यीय केन्द्रीय समिति गठन गरिको छ् । कार्यक्रमको अन्तमा वरिष्ठ पत्रकार धर्मेन्द्र कुमार कर्णको अध्यक्षतामा मिशन २ करोड इन्टरनेशनलका संयोजक अनिल कर्ण कायस्थले धन्यवाद ज्ञापन गरेका थिए ।