इस्लामाबाद, मंसिर २० । पाकिस्तानले भारतीय जहाज डुब्दा चालक दलका सदस्यको ज्यान बचाएको छ । पाकिस्तान सामुद्रिक सुरक्षा एजेन्सी (पीएमएसए) ले बुधबार समुद्री उद्धार अभियान सुरु गरेको छ । भारतीय मालवाहक जहाज एमएसबी एएल पिरानीपिर डुब्दा अलपत्र परेका १२ जनाको जीवितै उद्धार गरिएको छ । बुधबार जारी एक विज्ञप्तिमा, पीएमएसए ले भने अनुसार समुद्री उद्धार समन्वय केन्द्र (एमसीसीआर) लाई भारतको मुम्बईमा (एमसीसीआर) बाट इमेल प्राप्त भयो । जसमा डुबेको जहाजबाट बाँचेकाहरूलाई खोज्न र उद्धार गर्न सहयोगको लागि अनुरोध गरेको थियो । विज्ञप्तिका अनुसार जहाज पाकिस्तानको विशेष आर्थिक क्षेत्रमा डुबेको थियो र यसका १२ चालक दलका सदस्यहरूको ज्यान संकटमा फसेको थिए ।
त्यसपछि पाकिस्तानले सामुद्रिक एजेन्सीले विभिन्न एजेन्सीहरूसँग मिलेर उद्धार कार्य सुरु गरेको थियो । एक पीएमएसए जहाजलाई तुरुन्तै जीवित व्यक्तिहरू पत्ता लगाउने काम दिइएको थियो । जबकि नजिकैका व्यावसायिक जहाजहरूलाई सचेत गराइयो र उद्धारमा सहयोग गर्न अनुरोध गरिको थियो । संयुक्त सामुद्रिक सूचना समन्वय केन्द्रले सहायता प्रदान गरेको थियो, जसले पाकिस्तान नौसेना र पीएमएसए दुवैलाई उच्च सतर्कतामा जहाजहरू राख्न अनुमति दिएको थियो र नजिकैको नौसेना जहाज तुरुन्तै घटनास्थलमा पठाइएको थियो ।
यसबाहेक बाँचेकाहरूलाई फिर्ता ल्याउन भारतीय तटरक्षक जहाजलाई विशेष आर्थिक क्षेत्रमा प्रवेश गर्न आवश्यक व्यवस्था गरिएको थियो । विज्ञप्तिमा थप भनिएको छ, ‘तत्काल प्रतिक्रिया र प्रभावकारी समन्वयका कारण भारतीय कार्गो जहाजमा सवार सबै १२ जनाको सफलतापूर्वक उद्धार गरिएको छ । जसले अन्तर्राष्ट्रिय एसएआर दायित्वहरू कायम राख्न र क्षेत्रीय सहयोग प्रवर्द्धन गर्न पीएमएसए को प्रतिबद्धता देखाउँछ ।’ विज्ञप्तिमा थप भनिएको छ यस अपरेसनले राष्ट्रियताको परवाह नगरी समुद्रमा आपतकालिन प्रतिक्रिया गर्न आईएएफको तत्परता र व्यावसायिक विशेषज्ञतालाई देखाउँछ ।
Add Comment